काठमाडौँ : चीनको हाङचाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरू पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन्।

नेपालको राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो, कराते र बक्सिङलाई हाङचाओ एशियाली खेलकुदमा पदक जित्ने सम्भावित खेलको सूचीमा राखेको छ। विप्लवलाल श्रेष्ठ नेतृत्वको टोली अहिले अभ्यासमा व्यस्त रहेको बताइएको छ।

श्रेष्ठ आफैँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता हुन्। नेपालले गत एशियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको थिएन। दुईपटक रजत र २२ कांस्य पदक भने जितेको थियो।

२०१८ को एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत जितेको थियो। अन्य सबै पदक कराते, तेक्वान्दो र बक्सिङमा हासिल गरेको थियो।

हाङचाओ एीशयाली खेलकुदको तयारीका लागि नेपालले कराते खेलाडीलाई प्रशिक्षणका लागि बेल्जियम र इण्डोनेशियामा पठाएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बताए।

उनले चीनमा हुने एशियाली खेलकुदमा धेरै खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए। उनले अब केही समयमै आफू चीन जाने बताउए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here