बैतडी : बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ। सोमबार पानीसँगै आएको हावाहुरीले विद्युत् लाइनमा क्षति पुरयाएकाले विद्युत् सेवा अवरुद्ध भएको हो।

विद्युत् सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन्। विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले बताए।

‘विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज समेत प्रभावित भएको छ’, उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको छ। मोबाइल समेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ।’

विद्युत्‌बाट सञ्चालन हुने विद्युतीय मिल पनि बन्द रहेका छन्।

बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत् लाइनमा समस्या रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए।

उनले भने, ‘हावाहुरीले जिल्लाका धेरै स्थानमा पोल र तारमा क्षति गरेको छ। मर्मतका लागि प्राविधिक परिचालन गरेका छौं, सुचारु हुन केही समय लाग्छ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here