काठमाडौं : काठमाडौं महानगरपालिकाले भोलि(मंगलबार) ऋषि पञ्चमीको दिनमा महिलाहरूलाई बिदा नहुने जनाएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै विदा नभएको जानकारी दिएको हो।

महानगरपालिका आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भए पनि उक्त दिन बिदा नभएको जानकारी दिइन्।

‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलवार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरूलाई बिदा भनी उल्लेख भएको भए तापनि उक्त दिन बिदा नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ,’सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here