Wednesday, March 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home Uncategorized

भारतीय प्रधानमन्त्री मोदी युक्रेन किन जाँदै छन्?

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in Uncategorized
0
भारतीय प्रधानमन्त्री मोदी युक्रेन किन जाँदै छन्?
1
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिनामात्रै रूसको भ्रमण गरेका थिए। युक्रेनमा रूसी आक्रमणपछि मोदीको त्यो पहिलो रूस भ्रमण थियो। मस्को पुगेलगत्तै भारतीय प्रधानमन्त्री मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अंकमाल गरेको विषयलाई लिएर पश्चिमा मीडियामा कडा आलोचना भएको थियो।

पुटिन र मोदीले अँगालो मारेको विषयमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आपत्ति जनाएका थिए। ‘संसारको सबैभन्दा ठूलो लोकतन्त्रका नेताले सबैभन्दा हत्यारा अपराधीसँग मस्कोमा अँगालो मार्नु शान्ति स्थापित गर्ने प्रयासका लागि ठूलो निराशाको कुरा हो’‚ जुलाई ९ मा जेलेन्स्कीले लेखेका थिए।

त्यो माहोल सेलाउन नपाउँदै करिब डेढ महिनामै मोदीले युक्रेनको भ्रमण गर्दै छन्। मोदी अगस्ट २३ अर्थात् शुक्रबार युक्रेन पुग्दै छन्। ३० वर्षमा भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्न लागेको पहिलोपटक हो।

दुई दिन पोल्यान्डमा

​युक्रेनको जानुअघि मोदीले पोल्यान्डको दुईदिने भ्रमण गरिरहेका छन्। आफ्नो यात्राको दोस्रो दिन मोदीले बिहीबार पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँग भेटघाट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

४५ वर्षयता पोल्यान्ड पुग्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। उनले त्यहाँ भारतीय समुदायलाई सम्बोधन गरेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। रूस-युक्रेन युद्ध शुरु हुँदा त्यहाँ करिब चार हजार भारतीय विद्यार्थी फसेका थिए। ती विद्यार्थीलाई त्यहाँबाट उम्काउन पोल्यान्डले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

मोदी किन जाँदै छन् युक्रेन ?

युक्रेनले पछिल्ला दिनमा रूसको सीमामा प्रवेश गरी आक्रमण तीव्र पारिरहेका वेला मोदीले युक्रेन भ्रमण गर्दै छन्। युक्रेनले रूसका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ भने रूसले युक्रेनमाथि छिटै ठूलो आक्रमण गर्नसक्ने आशंका गरिएको समाचारमा उल्लेख छ। अवस्था निकै बिग्रिरहेका वेला मोदी युक्रेन किन जाँदै छन् भन्ने प्रश्न उठिरहेको छ।

अन्ताराष्ट्रिय मामिलाका जानकारहरू मोदी अहिले युक्रेन भ्रमणमा जानु खराब समयमात्र नभई यसको उद्देश्य पनि राम्रो नभएको बताउँछन्। युक्रेनको पछिल्ला आक्रमणले युद्धविरामको प्रयासमाथि झट्का लागेको छ। युक्रेनको स्वतन्त्रतापछि कुनै भारतीय प्रधानमन्त्री त्यहाँ गएका छैनन्। युद्धका कारण तनाव बढिरहेका वेला मोदी युक्रेन जानुको कुनै ठोस कारण नरहेको अन्ताराष्ट्रिय मामिलाका जानकारी ब्रह्मा चेलानीले बताएका छन्।

अर्का अन्तराष्ट्रिय सम्बन्धका जानकार प्रवीण सावहनेले रूसी सेनाको आक्रमण तीव्र भइरहेका वेला मोदीको युक्रेन भ्रमणको उद्देश्य के हो ? भनी सोधेका छन् भने जेएनयूमा प्रोफेसर रहेका ह्याप्पीमन ज्याकोबले लेखेका छन्‚ ‘पिएम मोदी युक्रेन किन जाँदै छन् ?’ रक्षासम्बन्धी विशेषज्ञ ब्रह्मा चेलानीले ‘यो समय मोदीको युक्रेन यात्रा निकै खराब सावित हुनसक्छ’ भनी लेखेका छन्।

सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रूस–युक्रेन युद्धपछि मोदी र जेलेन्स्कीवीच दुईपटक भेट भइसकेको छ। २०२३ मे मा मोदी र जेलेन्स्कीबीच जापानमा र गत जुनमा इटालीमा भेटघाट भएको थियो।

भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) तन्मय लालले रूस, युक्रेनसँग भारतको बलियो र स्वतन्त्र सम्बन्ध रहेको भन्दै दुवैको आ-आफ्नै अस्तित्व रहेको बताएका छन्। यो कुनै एकको फाइदा वा अर्कोको नोक्सानीको मामिला होइन, रूस भ्रमणमा पनि कैयौं मुद्दामा कुराकानी भएको थियो, जारी संघर्षका बारेमा पनि कुराकानी हुन्छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयले पनि युक्रेनको फ्लाग डेको अवसरमा भारतीय प्रधानमन्त्री मोदी युक्रेनको आधिकारिक यात्रामा आउने उल्लेख गरेको छ। यो अवसरमा द्विपक्षीय र बहुपक्षीय सहयोगमाथि छलफल हुने र भारत–युक्रेनबीच कैयौं दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा गरिएको बिबिसीले जनाएको छ।

भारत र युक्रेनको सम्बन्ध

विगत २५ वर्षमा भारत र युक्रेनको व्यापारिक सम्बन्ध बढिरहेको छ। भारतको विदेश मन्त्रालयको आँकडाअनुसार २०२१-२०२२ आर्थिक वर्षमा दुई देशबीच ३.३ अर्ब डलरको व्यापार भएको थियो।

यसैगरी रूस र भारतबीच करिब ६० अर्ब डलरको व्यापार भएको थियो। सन् २०३० सम्म भारत–रूसबीच १०० अर्ब डलरको कारोवार हुने अपेक्षा गरिएको विदेश मन्त्रालयले जनाएको छ। रूससँग भारतको व्यापार युक्रेनमाथि रूसी आक्रमणपछि बढेको बिबिसीले लेखेको छ।

भारतले युक्रेनमाथि रूसी आक्रमणको कहिल्यै निन्दा गरेको छैन र संयुक्त राष्ट्रसंघमा रूसविरुद्ध ल्याइएको प्रस्तावको समेत समर्थन गरेन। उसले युक्रेनमा मानवीय सहायता पनि पुर्‍याइरहेको छ। तन्मय लालका अनुसार सहायताको रूपमा औषधि, कम्बल, टेन्ट, मेडिकल उपकरणदेखि जेनेरेटरसम्म गरी करिब १३५ टन सामान युक्रेन पठाइएको छ।

युक्रेन–रूस मुद्दामा भारत

सन् २०२३ मा भारतमा जी–२० सम्मेलन भएको थियो। त्यति वेला भारतको दबाबका बावजुद युक्रेनलाई बोलाइएन र रूसी राष्ट्रपती भ्लादिमिर पुटिन पनि सहभागी भएनन्। यसैगरी पश्चिमा देशहरूमा भएका ठूला सम्मेलनमा धेरैजसो जेलेस्की पुगेका छन्।

सन् २०२२ अक्टुबरमा राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेनको चार नयाँ क्षेत्रमा रूसको कब्जा र त्यहाँ जनमत संग्रहविरुद्ध निन्दा प्रस्ताव पेश भएको थियो र उक्त प्रस्तावबाट भारत टाढै बस्यो। गत जुलाई मा पनि रूससँग युद्धविराम रोक्ने सम्बन्धी प्रस्तावमा भएको मतदानमा पनि भारतले सहभागिता जनाएन। पश्चिमा देशको विरोध र प्रतिबन्धका बाबजुद भारतले रूससँग तेल खरिद गरिरहेको छ। यसरी भारतले रूसबाट सस्तोमा तेल पाइरहेको छ।

रूस र युक्रेनलाई भारतले एकसाथ ल्याउन सक्छ ?

भारतको रूससँग ऐतिहासिक सम्बन्ध रहँदै आएको छ। भारत रक्षा आवश्यकता सम्बन्धी मामिलामा लामो समयसँग रूसमाथि निर्भर छ। सोभियत युनियनले सन् १९६६ मा भारत र पाकिस्तानबीच युद्ध अन्त्य गराउन मध्यस्थकर्ताको भूमिका निभाएको थियो।

सन् १९७१ म पाकिस्तानसँग भारतको युद्ध हुँदा सोभियत युनियनले राष्ट्रसंघमा भारतको समर्थनमा भिटोको प्रयोग गरेको थियो। भारत र सोभियत युनियनबीच १९७१ मा पीस, फ्रेन्डसिप एन्ड कोअपरेशन ट्रिटी भएको थियो जुन सोभियत युनियनको पतन भएपछि १९९३ जनवरीमा यो सन्धि इन्डो-रसियन फ्रेन्डसिप एन्ड केअपरेशन ट्रिटीमा परिवर्तन भयो।

युक्रेनको सम्बन्धमा पनि भारतको दृष्टिकोण फरक नरहेको बताइन्छ। भारत, रूस र युक्रेन युद्धमा कसैको पक्षमा एकतर्फी रूपमा देखिएको छैन। भारतले रूससँग सम्बन्ध कायम राखिरहेको छ भने युक्रेनलाई सहायता जारी राखेको छ। रूस–युक्रेन युद्धमा अमेरिकाको नेतृत्वमा पश्चिमा देश युक्रेनको साथमा छन्। ती देशले अन्य देशहरूसँग यही अपेक्षा गरिरहेका छन्। तर पछिल्लो अढाई वर्षमा भारत यो दबाबमा परेको देखिन्न।्

Previous Post

भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दशैँसम्म सम्पन्न गरिने

Next Post

मेरो—तेरो नभनी द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ : सिटौला

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
मेरो—तेरो नभनी द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ : सिटौला

मेरो—तेरो नभनी द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ : सिटौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Site Oficial De Cassino Online E Apostas No Brasil

२७ फाल्गुन २०८२, बुधबार

Registration Mostbet Guia

२७ फाल्गुन २०८२, बुधबार

1win On The Internet Casino Bonus Commonly Asked Questions Guide: Claim, Use And Win Big

२७ फाल्गुन २०८२, बुधबार

Site Oficial De Cassino Online E Apostas No Brasil

२७ फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Site Oficial De Cassino Online E Apostas No Brasil

Registration Mostbet Guia

1win On The Internet Casino Bonus Commonly Asked Questions Guide: Claim, Use And Win Big

Site Oficial De Cassino Online E Apostas No Brasil

Mostbetni O’rganish: Asosiy Xususiyatlar va Foydalanuvchi Tajribasi Tahlili

What To Wear To Some Casino The Particular Complete Casino Clothes For Men & Ladies

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति