काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेनजीको आन्दोलनमा भएको सरकारी दमनको विरोध गरेका छन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गरी समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।
जेनजीले राजधानीको बानेश्वर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा १५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।