Sunday, May 18, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home खेलकुद

आज को मुख्या समाचारहरु

हाम्रो समाचार by हाम्रो समाचार
३ बर्ष अगाडि
in खेलकुद, गृहपृष्ठ, राजनीति, विज्ञान, शिक्षा, समाचार
0
आज को मुख्या समाचारहरु
47
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम
गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
वामदेव गौतम दम्पतीलाई कोरोना
नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् ।
‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् । बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता मध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेको उनले बताए ।
बागलुङमा दोस्रो लामो पुल बन्ने
‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।
बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरी धामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गे पुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।
कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ ।
जनगणनाको प्रारम्भिक तथ्यांकमा विभागले समेटेन तेस्रो लिङ्गी
थ्यांक विभागले यो वर्ष २०७८ सालको प्रारम्भिक जनगणना सार्वजनिक गर्दा पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ । विभागले आज तथ्यांक सार्वजनिक गर्नेक्रममा पुरुष र महिलाको संख्या स्पष्टसँग उल्लेख गरेको छ । तथ्यांकमा जनगणनाबाट पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको देखाइएको छ । तर, विभागले तेस्रो लिङ्गी ( यौनिक तथा लैंगिक अल्पसंख्यक)को तथ्यांक कतै समेटेको छैन ।
पुरुष र महिलाको जनसंख्या सार्वजनिक गर्दा तेस्रो लिङ्गीलाई किन छुट्याएको भन्ने प्रश्नमा विभाग भन्छ, ‘यो प्रारम्भिक रिपोर्ट हो । यसमा विस्तृत तथ्यांक समेटिएको छैन ।’ गणकहरूले जनगणना गर्दा सोध्न तयार पारिएको मूख्य प्रश्नावलीका आधारमा यो प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको विभागको भनाई छ ।
जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरूले आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् ।
बिहान करिब सवा १० बजे राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्र जाने बाटोमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन १८ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नौवटा प्रयोगशाला अनुमतिबिना सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित १२ मध्ये तीनवटा प्रयोगशालाले मात्रै अबदेखि कोभिड–१९ को पीसीआर परीक्षण गर्न पाउने भएका छन् ।
विमानस्थल क्षेत्रमा सञ्चालित १२ मध्ये तीन प्रयोगशालाले मात्रै परीक्षण अनुमति पाएकाले अनुमति नलिएका प्रयोगशालालाई अबउप्रान्त परीक्षण नगर्न सरकारले निर्देशन दिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले मंगलबार गरेको अनुगमनका क्रममा सुमेरु अस्पताल प्रालिको ल्याब, स्टार अस्पतालको मनेलिक्युलर ल्याब र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले सञ्चालन गरेको ल्याबले मात्र अनुमति लिएको पाइएको हो ।
अनुगमनका क्रममा यीबाहेक अरू नौ प्रयोगशालाले कलेक्सन सेन्टरका रूपमा मात्र काम गरेको पाइएकाले उक्त कार्य नगर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
अनुमति नलिई परीक्षण गर्नेमा टीजी मेडिसिन डिस्टिब्युटर्स, क्रिस्टल डाइग्नोस्टिक प्रालि, अल्फा हेल्थकेयर एन्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक, विध ल्याबलगायत नौ प्रयोगशाला छन् । अनुमति नलिएका प्रयोगशाललाई तत्काल पीसीआर परीक्षण कार्य बन्द गर्न एनपीएचएलले निर्देशन दिएको छ ।
समुद्रमा हराएका दर्जनौँ व्यक्तिको खोजी जारी
अमेरिकी तट रक्षक समूहले शनिबार राति फ्लोरिडाको सम्द्री तटमा सानो पानीजहाज पल्टिँदा हराइरहेका ३९ जना मानिसको व्यापक खोजिकार्य जारी राखेको छ ।
मंगलवार बिहान फोर्ट पियर्स सहरदेखि करिब ७२ किमि टाढा एउटा सानो पानीजहाजको एक भागमा एकजना व्यक्ति झुन्डिरहेको देखेपछि माझीहरूले सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए ।
यस दुर्घटनामा जीवित फेला परेकाहरूले आफूहरूले बहमासको बिमिनीबाट जलयात्रा सुरु गरेको र शनिबार राति अचानक मौसम खराब भएपछि दुर्घटना भएको बताएका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूले यो जहाज मानव तस्करीका लागि प्रयोग भइरहेको हुनुपर्ने आशंका व्यक्त गरेका छन् । जीवित फेला परेकाहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको र उनीहरूको पहिचान पनि नखुलेको बताइएको छ मायामी तटरक्षक निकायले जहाज र विमानहरू प्रयोग गरी बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ ।
सीमामा खटिएका स्वास्थ्यकर्मीको बिजोग
भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यर्की आफै कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन् ।
सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्थासमेत नहुँदा उनीहरू समास्यमा परेका छन् । ‘घर जाउँ भने परिवारलाई कोरोना सर्छ,’ गौरिफन्टा नाकास्थित स्वास्थ्य विटका संयोजक गणेश साउँदले भने, ‘परिवार सुरक्षित बनुन् भनेर यतै बसिरहेका छौं, तर यहाँ खाने व्यवस्था नै छैन, कसैले हाम्रो वास्ता समेत गरेका छैनन् ।’
सीम नाकामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र कञ्चनपुरको पुनर्वास नगरपालिकालाई जानकारी गराइएको उनले बताए । सीमाको व्यवस्थापन गर्ने तीनवटै निकायलाई जानकारी गराइएको भए पनि कारोना संक्रमित स्वास्थ्यकर्मीको व्यवस्थापनमा कसैले ध्यान नदिएको उनले बताए ।
‘कोरोना संक्रमित भएर पनि बाध्य भएर भारतबाट आएका नागरिकको स्वास्थ्य चेकजाँच गराइरहेका छौं,’ स्वास्थ्य इन्चार्ज साउदले भने, ‘काम नगरौं भने भारतबाट आएकाहरु सोझै घर जाने डर छ, काम गर्न पनि समस्या भइरहेको छ ।

विमान बनेर उड्नसक्ने कारले पायो आधिकारिकता, यो चलाउन पाइलटको लाइसेन्स हुनैपर्ने
स्लोभाकियाका वैज्ञानिकहरुले निर्माण गरेको उड्ने कारको परीक्षण सफल भएको छ।
‘एअरकार’ नाम दिइएको उक्त कारले ७० घण्टा हावामा उडेर अवतरण गरेको सीएनएनले जनाएको छ। अन्तिम परीक्षण सफल भएपछि उक्त उड्ने कारले आधिकारिकता पाएको छ।
स्लोभाकियाको यातायात प्राधिकरणले उड्ने कारलाई सुरक्षित यातायातको प्रमाणपत्र दिएको छ। यो कारको दुई रुप छ। एक यो कार हो अर्को यो कुद्दा कुद्दै विमान बन्नसक्छ।
विस्तारै यो कारलाई बजारमा सार्वजनिक गरिनेछ। यो कारले हवाई यात्रामा नयाँ आयाम अवस्य थप्नेछ। तर यो कारलाई चलाउन चालकसँग पाइलटको लाइसेन्स अनिवार्य हुनुपर्ने जनाइएको छ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो
भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ ।
मोरिससविरुद्ध नेपाली टिम घोषणा, विमलको पुनरागमन
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि बुधबार दुई फरक टोलीको घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले दुई खेलका लागि बन्द प्रशिक्षणमा बोलाएका सबै ३४ खेलाडीलाई नै टिममा राखेका छन् ।
अल्मुताइरीले घोषणा गरेको टोलीमा विमल घर्तीमगर र जगजित श्रेष्ठले पुनरागमन गरेका छन् । विमल पहिलो र दोस्रो दुवै खेलका लागि टिममा परेका छन् भने जगजितलाई पहिलो खेलका लागि मात्र राखिएको छ ।
टेकेन्द्र थापा, शत्रुघन चौधरी, सुदीप गुरुङ, कृतिसरत्न छुन्जु, प्रशान्त अवस्थी, आशिष राई, सुशील राई र आकाश बुढामगरले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
मोरिससविरुद्धको खेलका लागि अल्मुताइरीले पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । आयुश घलानसहित तीन खेलाडी यसअघि नै टिमबाट बाहिरिएका थिए ।
आउँदो शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि अल्मुताइरीले २३ खेलाडीलाई टिममा राखेका छन । जसमा जगजित श्रेष्ठ र विमल घर्तीमगरलले कमब्याक गरेका छन् । टेकेन्द्र थापा, सुदीप गुरुङ, कृतिसरत्न छुन्जु र आकाश बुढामगरले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
दोस्रो खेलका लािग अल्मुताइरीले छुट्टै २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । त्यसमा शत्रुघन चौधरी, प्रशान्त अवस्थी, सुशील राई र आशिष राईले पहिलोपटक टिममा मौका पाएका छन् ।
नेपालले मोरिसससँग यही माघ १५ र १८ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसका लागि मोरिसस टिम गएको सोमबार नेपाल आइपुगिसकेको छ । नेपाली टिमका कप्तान किरण चेम्जोङ पनि आजै माल्दिभ्सबाट नेपाल फर्किंदै छन् ।
नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि पहिलोपटक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Previous Post

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

Next Post

निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको ‘तिम्रो याद’ सार्वजनिक

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको  ‘तिम्रो याद’ सार्वजनिक

निर्देशक प्रकाश धितालको निर्देशनमा तयार पारिएको ‘तिम्रो याद’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

३ जेष्ठ २०८२, शुक्रबार
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

२ जेष्ठ २०८२, बिहीबार
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

१ जेष्ठ २०८२, बुधबार
वीर अस्पताल सुधारका लागि कार्यदल गठन

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

१ जेष्ठ २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • अर्थतन्त्र
  • वैंकिङ
  • जीवनशैली
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य

भैरहवामा हुन्डी कारोबारको अभियोगमा तीन जना पक्राउ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

धेरै खर्च, कम योजना — लुम्बिनी प्रदेश सरकारको नीति यस्तो!

पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अर्थतन्त्र
    • बजार
    • बिमा
    • शेयर
    • लगानी
  • वैंकिङ
  • जीवनशैली
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • शिक्षा
  • मनोरंजन
    • गसिप
      • फिल्म
    • संगीत
    • हलिउड /बलिउड
  • पत्रपत्रिका
  • विदेश
  • राजनीति
  • अन्य
    • रोचक खबर
    • विज्ञान
    • साहित्य