Friday, March 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

कांग्रेस, माओवादी र एकीकृत समाजवादी नेताका अभिव्यक्तिले चुनावी गठबन्धन नै अन्याेलमा

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, समाचार
0
आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने
14
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ चैत। ‘व्याख्यात्मक घोषणा भनेर दुईवटा पन्ना टाँसिदिएपछि उहाँहरू (माओवादी केन्द्र र नेकपा एस)ले मान्नुभयो । दुईवटा पन्ना पनि एमसीसीमा सम्झौताभित्र जे छ, त्यही छ त्यहाँ । एमसीसी सम्झौताभित्र जे छ नि, एमसीसी सम्झौताभित्र इंग्लिसमा छ । व्याख्यात्मक घोषणा इंग्लिस र नेपालीमा छ । व्याख्यात्मक घोषणा भनेपछि उहाँहरूले मानिदिनुभयो, मानिदिनेलाई पनि धन्यवाद, व्याख्यात्मक घोषणा टाइप गर्ने साथीहरूलाई पनि धन्यवाद ।’

गृहमन्त्री बालकृष्ण खाँणको यो अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ । गृहमन्त्रीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने अवस्थामा पुगे ? भन्नेबारेमा व्याख्या गरिरहँदा हलमा कार्यकर्ताको हाँसो गुन्जयमान हुन्छ ।

‘वास्तवमा व्याख्यात्मक घोषणामा उल्लेख भएका कुरा पहिले नै सम्बोधन भइसकेका कुरा हुन्, तथापि अंग्रेजीमा लेखिएका कुरालाई अहिले नेपालीमा उल्था गरेर व्याख्यात्मक टिप्पणी भनेर सार्वजनिक गरिएको छ,’ कांग्रेस नेता मिनेन्द्र रिजालले सार्वजनिक रूपमै भनिसकेका छन् ।

१८ फागुनमा रिजालले ‘व्याख्यात्मक टिप्पणी सरकार (माओवादी केन्द्र र नेकपा एस)  मा बसिरहने बाटो’ मात्र रहेको प्रतिक्रिया दिएका थिए । सोही दिन विराटनगरमा रिजालले भने, ‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन, कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेताहरूको सम्मान जोगाइदिनुपर्ने भएकाले मात्र व्याख्यात्मक टिप्पणी आएको हो ।’ माओवादी केन्द्र र नेकपा एसको देउवा सरकारमा उपयोगिता सकिनेबित्तिकै गठबन्धनको औचित्यसमेत नहुने उनकाे भनाइ थियाे ।

यी त उदाहरण मात्र हो । माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म गठबन्धन गर्ने एकतर्फी अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ कांग्रेसका नेताहरूकाे भने एमसीसीदेखि चुनावी गठबन्धनसम्मलाई लिएर फरक फरक धारणा सार्वजनिक गरिरहेका छन् ।

२७ माघको  कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेखर कोइरालाले कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखेका थिए । सो बैठकअघि माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका कोइरालाले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रने जनाउँदै कांग्रेसका नेता तथा कार्यकर्ताले रुखबाहेक अन्यत्र मत हाल्न नसक्ने प्रस्ट्याएर आएको जानकारी दिएका थिए ।

सभापतिमा पराजित कोइरालाले चुनावी अन्य दलसँग कांग्रेसको गठबन्धन हुन नसक्ने विषयलाई विराटनगर पुगेर फेरि दोहोर्‍याए । २१ फागुनमा ‘वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्र हो’ भनेर निर्वाचनमा एक्लै जाने विषयमा कार्यकर्तालाई आश्वस्त पारेका थिए ।  कांग्रेस नेता कार्यकर्ताको मनस्थितिबारे कोइरालाले थप भनेका छन, ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भनिरहेका छन, कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन, कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’

उपसभापति धनराज गुरुङले विराटनगरमा माओवादी केन्द्र र नेकपा एसलाई ‘हात्तीको कानमा बस्न आएको चमेरो’को संज्ञा दिँदै कांग्रेस कार्यकर्ता र मतदाताले ‘रुखमा बाहेक अन्त भोट नहाल्ने’ बताएका थिए । ‘नेपाली कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । तर हात्तीको ठूलो कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेरा (माओवादी र नेकपा एस)हरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ गुरुङको यो व्यंग्य चर्चित हुन पुगेको थियो ।

कांग्रेस महामन्त्री गगन थापाले पनि २७ फागुनमा चितवन पुगेर घोषणा गरे, ‘देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु पर्दछ भन्ने लाग्दैन, रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ, यो सिंगो कांग्रेसजनलाई अन्याय हुन्छ ।’  कांग्रेस महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिँदा नै थापा ‘कांग्रेसलाई एक्लै चुनाव लडन सक्ने बनाउन’ भनेर पर्चा छापेर मत मागेर विजयी भएका नेता हुन् । महाधिवेशनताकादेखि नै गठबन्धनको विपक्षमा उभिएका थापालाई कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले समर्थन गरेर विजयीसमेत बनाएका थिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाहेक दोस्रो तहका अधिकांश नेताहरूले गठबन्धनको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिएको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्तिसमेत जनाएका छन् । कांग्रेसका दोस्रो तहका नेताहरूले निरन्तर रूपमा चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिएपछि गत २५ फागुनमा बाग्मती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूमाथि ‘अपमान’ गर्ने काम भइरहेको भन्दै आक्राेश व्यक्त गरेका थिए।

गठबन्धन नगर्ने भनेर कांग्रेसका नेताहरूले ‘अपमानित गर्ने गरेको’ भन्दै आक्रोश पोखेका प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्ने तर्कसम्म गर्न भ्याएका थिए । ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा कांग्रेस १० सिट तल हो, त्यही पार्टीलाई उचालेर सिंहाशनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्नँ,’ प्रचण्डले आक्रोश पोख्दै माओवादीसँग एजेन्डा र मुद्दा भएकाले एक्लै लडन सक्ने क्षमता रहेको दाबी गरेका छन् ।  उनले ‘कांग्रेस र नेकपा एमाले विचार शून्य’ रहेकाले एजेन्डाविहीन हुँदा माओवादीलाई एक्लै चुनाव लड्न सजिलो भएको तर्कसमेत गरेका थिए ।

कांग्रेस नेताहरूले ‘सत्तामा बस्नका लागि’ एमसीसीको व्याख्यात्मक घोषणा मात्र गरेको निरन्तर आरोप लगाइरहेपछि प्रचण्डले सोही दिन त्यसबारे थप स्पष्टीकरण दिएका थिए । ‘मलाई प्रधानमन्त्री (देउवा)ले अब म केपी ओलीलाई प्रधानमन्त्री बनाएर भए पनि एमसीसी पास गर्छु भनेपछि मैले व्याख्यात्मक घोषणाको उपाय निकालेको हुँ,’ प्रचण्डकाे भनाइ थियाे ।

ठूला वामपन्थी शक्तिहरू विभाजित भएको अवस्थामा कांग्रेस पहिलो पार्टी बन्ने आंकलन गरेर स्थानीय तहको निर्वाचनको तयारीमा देश दौडाहामा हिँडेका कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मले माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धनप्रति अनिच्छा व्यक्त गर्दै कांग्रेस एक्लै निर्वाचनमा होम्मिने जनाउँदै आएका छन् ।

माओवादी र नेकपा (एस) का नेताले स्थानीय तहदेखि केन्द्रीय तहसम्म गठबन्धन गरेर चुनाव लड्ने अभिव्यक्ति दिइरहँदा कांग्रेस नेताहरूले फरक फरक धारणा सार्वजनिक गरेपछि सभापति देउवाले २४ फागुनमा निर्देशन नै दिनुपरेको थियो । स्थानीय निर्वाचन लक्षित एक महिने अभियानबारे प्रशिक्षण कार्यक्रमलाई सानेपामा सम्बोधन गर्दै देउवाले भनेक थिए, ‘गठबन्धनलाई बिच्काउने गरी अभिव्यक्ति नदिऊ, उनीहरूलाई अपमान गर्नुहुन्न, हाम्रो गठबन्धन कायमै छ ।’

 

Previous Post

नेपाल र साउदी अरवबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

Next Post

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई, उपत्यकामा एकैदिन ७८ जनामाथि कारवाही

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई, उपत्यकामा एकैदिन ७८ जनामाथि कारवाही

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई, उपत्यकामा एकैदिन ७८ जनामाथि कारवाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

6 Approaches To Start An On The Internet Casino

२९ फाल्गुन २०८२, शुक्रबार

Review Detalhado: Casino On-line E Apostas 2025

२९ फाल्गुन २०८२, शुक्रबार

Analysis: Why Singapore Went Into The Casinos Industry

२९ फाल्गुन २०८२, शुक्रबार

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

२९ फाल्गुन २०८२, शुक्रबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

6 Approaches To Start An On The Internet Casino

Review Detalhado: Casino On-line E Apostas 2025

Analysis: Why Singapore Went Into The Casinos Industry

How To Win At Slot Machines? 10 Top Techniques For Slot Machines

Mostbet Portugal: Casino Electronic Apostas 2025″

Registration Mostbet Guia

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति