१२ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सिमाना तथा भोटेकोशी नदी क्षेत्रमा भएको विपद्लाई ध्यानमा राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिनेछ।
सरकारले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।