११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री वालेन्द्र शाहपूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज बिहान स्थलमार्ग हुँदै विदुर पुगेका छन्।

बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। नुवाकोटको विदुर पनि बाढीबाट प्रभावित क्षेत्रमध्ये एक हो। बाढीका कारण सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

प्रधानमन्त्री शाह नेतृत्वको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवस्था निरीक्षण गर्दै उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिने बताइएको छ। बाढीपछि विभिन्न क्षेत्रमा बेपत्ता नागरिक तथा पर्यटकको खोजी र उद्धार कार्यसमेत जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here