११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय १७८ जना छन्।
त्यस्तै १२७ नेपाली, ६५ अमेरिकी, ५३ युक्रेनी, ५१ मलेसियाली, ३५ अष्ट्रेलियाली, ३३ बेलायती र २५ क्यानडेली पर्यटक सम्पर्कविहीन छन्। यसैगरी सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
पर्यटन बोर्डका अनुसार यो तथ्यांक ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट संकलन गरिएको हो। बाढी प्रभावित क्षेत्रमा बेपत्ता पर्यटक तथा अन्य नागरिकको खोजी र उद्धार कार्य जारी रहेको छ।




