१० भदौ, काठमाडौं । रसुवा बाढीका घाइतेको उपचारका लागि नेपाल रेडक्रस सोसाइटीले रगत तथा स्वास्थ्य सामग्री व्यवस्थापनमा तयारी अवस्थामा रहेको जनाएको छ।
काठमाडौंस्थित केन्द्रमा करिब १ हजार युनिट रगत मौज्दात रहेको र अन्य जिल्लाका रक्तसञ्चार केन्द्रमा पनि पर्याप्त स्टक रहेको रेडक्रसले जनाएको छ। आवश्यक परे जिल्लाबीच समन्वय गरी तत्काल रगत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
विपद्का बेला रगतको माग बढ्न सक्ने भन्दै रेडक्रसले नियमित रक्तदानलाई निरन्तरता दिन समेत आग्रह गरेको छ।