काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० मा स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर–५, झुवानीका अन्दाजी ४० वर्षीय मलाहा महतोको उपचारका क्रममा भरतपुर अस्पतालमा बुधबार राति सवा १० बजे मृत्यु भएको जनाइएको छ ।

गए राति करिब पौने १० बजे उनी सवार वाग्मती प्रदेश ०३–०२प ३१४८ नम्बरको स्कुटर नियन्त्रण गुमाएर पल्टिएको थियो ।

झापामा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु
झापाको दमक नगरपालिका–१०, जहदामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ट्याक्टरमा लेबरको काम गर्ने दमक–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरियाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा दमकस्थित एडभान्स अस्पतालमा बुधबार साँझ साढे ६ बजे मृत्यु भएको जनाइएको छ ।

हिजो साँझ करिब साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here