नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख मत ल्याएको दाबी गरेका छन् । केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले सतप्रतिशत क्षेत्रमा उम्मेदवार उठाएको भए २० लाख मत ल्याउने दाबी गरेका छन् ।
डमी उम्मेदवार भएपनि प्रतिनिधि सभामा १६५ र प्रदेशसभामा ३३० क्षेत्रमा डमी उम्मेदवार उठाउने नेपालले बताए । ‘चुनावमा उम्मेदवार नभएपनि पार्टीबाट उहाँहरुले नै भूमिका निभाउनुपर्ने छ । डमी उम्मेदवार उहाँहरु नै हुनुहुने छ । हामी १६५ क्षेत्रमा उम्मेदवारीको तयारी गर्नैपर्छ । प्रदेशसभाका ३३० क्षेत्रको जिम्मेवारी दिनैपर्छ ’ नेपालले भने, ‘ती सबै ठाउँमा जिम्मेवारी दिँदा पालिका वडामा पनि कार्यकर्ता खटाउनुपर्छ । टोल टोलमा कमिटी बनाएर खटाउनुपर्छ । भोलि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक चाहिन्छ । समानुपातिक मत बनाउन सकियौँ भने सीट संख्या बढाउन सकिन्छ ।’





