काठमाडौं ।
काठमाडौं उपत्यकाको फोहोर आजबाट एक हप्तासम्म नउठाइने भएको छ। काठमाडौं महानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर ७ दिन बाहिर ननिकाल्न अपील गरेको छ।

सडक अवरोध भएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकाले हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।





