१५ फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भन्दै सूचना प्रकाशन भएको र उजुरीहरु समेत प्राप्त हुने गरेको विभागले जनाएको छ ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रुपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्थाको बिपरीत कतिपय व्यक्तिहरुले भ्रामक सूचना फैलाएर रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको विभागले एक सूचना जारी गर्दै बताएको छ ।

उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र यस विभागमा हालसम्म कुनै डकुमेन्ट पेश नभएको विभागले बताएको छ ।

‘अतः दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न, रकम नबुझाउनु हुन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा यस विभाग वा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा वा अन्य फोनमा सम्पर्क गरी सत्य तथ्य बुझ्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here