१८ फागुन, काठमाडौं ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् ।
आज सडक अनुगमन गर्न गएका श्रेष्ठले स्थानीयसँग कुरा गर्दै भने, ‘अरु कारणले होइन, ठेकेदारको उपेक्षाले हो, अब हामी सहँदैनौं ।’
कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।










