काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले सरकारको नीति तथा कार्यक्रम लगायतका समसामयिक विषयमा बोल्न लागेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।

गत हप्ता बसेको एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेको संसदमा बोल्ने बताएका थिए। तर जेठ ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भएकाले संसद् सचिवालयले मन्तव्यको कार्यक्रम कटौती गरेको थियो। अध्यक्ष ओलीले शनिबार आफ्नो पार्टीका सांसदहरूसँको छलफलमा सरकारको नीति तथा कार्यक्रमको कडा प्रतिवाद गर्न र पारित हुन नदिन निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here