पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठेको छ । जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए।
सत्तारुढ दलको सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक प्रश्न उठाएको हो ।





