काठमाडौं । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँमा कारोबार भएरहेको छ । शुक्रबार १४ सय ३५ रुपैयाँमा चाँदी खरिद बिक्रि भएको थियो ।





