काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध पारेका छन्। सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरूद्ध पारेका हुन्।

सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभेसँगै दुवै दलले सदन अवरूद्ध पारेका हुन्। सरकारले बजेट बक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णय गरेसँगै दुवै दलले सदन अवरूद्ध पारेका हुन्। उनीहरूले तत्काल सरकारले उक्त निर्णय सच्याउनुपर्ने बताएका हुन्।

रास्वपाका सांसदहरूले उठेर विरोध गरे पनि एमालेले भने उठेर विरोध जनाएको छैन। एमाले सांसद सूर्य थापाले निर्वाचन आयोगलाई गाभ्ने निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here