Saturday, December 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

जहाज खरिद गर्नुमा मेरो निजी स्वार्थ छैन : पर्यटनमन्त्री किराँती

Hamro Prabhav by Hamro Prabhav
२ बर्ष अगाडि
in राजनीति, समाचार
0
जहाज खरिद गर्नुमा मेरो निजी स्वार्थ छैन :  पर्यटनमन्त्री किराँती
5
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

२८ असार, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

बिहीवार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । उनले भने, ‘जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो ।’

उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए ।

‘दुर्गम क्षेत्रमा संख्यात्मक हिसाबले धेरै विमानस्थलहरु निर्माण भएका छन् । तर त्यस क्षेत्रमा उडान, त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि प्रश्न उठ्नु स्वभाविक हो,’ उनले भने, ‘त्यस क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित देखिँदैन ।’

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराए । उनले भने, ‘ यसै तथ्यलाई मध्यनजर गरी नेपाल वायुसेवा निगमले तीनवटा साना जाहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

उनले भने, ‘कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यक परे सरकारले सहजीकरण मात्र गर्छ र नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन मैले निर्देशन गरिसकेको छु ।’

उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दापनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए ।

Previous Post

पत्नी शोकमा परेका प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

Next Post

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Hamro Prabhav

Hamro Prabhav

Next Post
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति