Sunday, February 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

१ साउनभन्दा अगाडि नै काटेका हवाई टिकटमा भ्याट नलाग्ने

Hamro Prabhav by Hamro Prabhav
३ बर्ष अगाडि
in समाचार
0
१ साउनभन्दा अगाडि नै काटेका हवाई टिकटमा भ्याट नलाग्ने
7
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

१ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ ।

१५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो । तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको हकमा ३० दिन भित्र कारोबार दर्ता गरी कर संकलन सुरु गर्नुपर्ने प्रावधान छ ।

विभागले ११ असारमै सूचना प्रकाशित गरी यसबारे वायुसेवा कम्पनीलाई जानकारी गराएको थियो । यसका लागि हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ता हुन दरखास्त दिनुपर्छ । विदेशी हवाई यातायात सेवा प्रदायक समेत अब भ्याटमा दर्ता हुनु पर्नेछ । उनीहरुले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपी समेत संलग्न गर्नुपर्ने विभागले जनाएको छ ।

दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको कर वा तिर्नुपर्ने कर दर्ता हुनु भन्दा एक वर्ष अघिसम्मको कर कट्टी गर्न पाउने समेत विभागले जनाएको छ । यस्तो कर कट्टी दाबी गर्न दर्ता भएको १५ दिनभित्र निवेदन दिनुपर्छ ।

विभागका अनुसार हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर (मूअक) बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीले खरीद गरेको टिकटमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूअक जारी गर्नुपर्ने भएको छ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेको अवस्थामा समेत ट्राभल एजेन्सीले समेत सोही मूल्यमा बीजक जारी गर्नुपर्ने विभागको भनाइ छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको मात्र टिकटमा भ्याट लाग्ने भ्एको छ । यस्तो उडानको टिकट नेपाल भित्र वा नेपाल बाहिर जहाँबाट जुनसुकै माध्यम (अनलाइन)बाट जारी गरेको वा खरीद गरेको भए पनि एयरलाइन्सले भ्याट लगाउनु पर्ने समेत विभागले स्पष्ट पारेको छ ।

दुबै तर्फको टिकट जारी गर्दा भने विदेशबाट नेपाल आउँदाको हवाई टिकटमा मूअक संकलन गर्नु नपर्ने विभागको भनाइ छ ।

Previous Post

यसरी सुरु भयो साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन

Next Post

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

Hamro Prabhav

Hamro Prabhav

Next Post
निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

१९ माघ २०८२, आईतवार

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

१९ माघ २०८२, आईतवार

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

१९ माघ २०८२, आईतवार

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

१९ माघ २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

How In Order To Claim And Employ 1win Casino Bonuses

Best Crazy Time Strategy The Way To Predict Far Better 2025

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति