Saturday, December 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

‘विप्लव समूह’ अझै काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in राजनीति, समाचार
0
‘विप्लव समूह’ अझै काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको दुई वर्षभन्दा धेरै भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ फागुन २० मा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

सरकारले प्रतिबन्ध फुकुवा गरे पनि सुरक्षा निकायले चाहिँ ‘विप्लव समूह’लाई अझै पनि सुरक्षा चुनौतीको रूपमा हेरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको चुनौती सूचीमा छ–‘विप्लव समूह ।’ सरकारका कामकारबाही र व्यवस्थाप्रति असन्तुष्टि जनाएर विरोध प्रदर्शन गर्ने गरेको हुनाले विप्लव नेतृत्वको नेकपा काठमाडौँ उपत्यकाको ‘सुरक्षा चुनौती’ रहेको प्रहरीको निष्कर्ष छ ।

विप्लव नेतृत्वको नेकपालाई राजधानीको सुरक्षा चुनौतीको सूचीमा राख्नुको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल भन्छन्–‘चन्दा लगायतका कुरा आउँछ, त्यसैले हो ।’

२०७७ फागुन २१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै ‘शान्तिपूर्ण राजनीति’ स्वीकारेका थिए । वर्तमान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चामा ‘विप्लव’ नेतृत्वको नेकपा पनि आबद्ध छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थालेको प्रदर्शन पनि काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यप्रगतिबारे जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रसाईं लगायतका असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शनलाई ‘सुरक्षा चुनाैती’को रूपमा व्याख्या गरे ।

‘वित्तीय क्षेत्रमा वृद्धि भएको व्याज मिनाहा गर्नुपर्ने मागसहित (दुर्गा प्रसाईं) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन सुरक्षा चुनौतीको रूपमा देखिएको छ’–काठमाडौँ प्रहरीले भनेको छ ।

मन्द आर्थिक कारोबारका कारण बैंकिङ कसुर सम्बन्धी जाहेरी पनि दैनिक बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो पनि
काठमाडौँमा बैंकिङ कसुरको मुद्दा दोब्बरले वृद्धि
काठमाडौँमा बैंकिङ कसुरको मुद्दा दोब्बरले वृद्धि
पूर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा गरिने गणतन्त्र तथा धर्म निरपेक्षता विपरीतका गतिविधिलाई प्रहरीले उपत्यकाको सुरक्षा चुनौती किटान गरेको छ । सरकारको विपक्षमा रहेका दल तथा भातृ संगठनको सम्भावित विरोधका कार्यक्रमलाई काठमाडौँ प्रहरीले आफ्नो सीमा इलाकाको सुरक्षा चुनौती किटान गरेको छ ।

संयुक्त जनमोर्चा लगायत संघीयता विरोधी गतिविधिहरू, काठमाडौँका क्याम्पसहरूमा हुनसक्ने सम्भावित गतिविधि र वित्तीय अपराध नियन्त्रण अहिलेको चुनौती भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनले भने–‘बैंक–सहकारी ठगी, हुण्डी, नक्कली नोटको कारोबार राजस्व अपचलन तथा ठगी नियन्त्रण अहिले चुनौतीको रूपमा देखिएको छ ।’

वैदेशिक रोजगारीको नाममा हुने ठगी, सुन तस्करी, बहुमूल्य पत्थर, जडीबुटी र आखेटोपहार तस्करी नियन्त्रण पनि प्रहरीका लागी चुनौती भएको एसपी रिजालको भनाई छ । नेशनल मंगोल अर्गनाइजेशनको हिन्दु धर्मविरोधी गतिविधि र क्रिस्चियन समुदायका गतिविधि उपत्यकाको सुरक्षा चुनौती हुन् ।

‘नेशनल मंगोल अर्गनाइजेशनले हिन्दु धर्मविरोधी गतिविधि सञ्चालन गर्ने गरेको सूचना छ’ एसपी रिजाल भन्छन् क्रिस्चियन समुदायका गतिविधि र हिन्दु अतिवादी समूहको गतिविधि चुनौतीको रूपमा देखिएको छ ।’ प्रहरीका अनुसार शिव सेना, विश्व हिन्दु महासंघ, शाही युवा शक्ति हिन्दु अतिवादी समूह हुन् ।

 

Previous Post

१० हजार अमेरिकी डलरसहित लेबनानी नागरिक पक्राउ

Next Post

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन

नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानको छानबिन गर्न उपसमिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति