म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोट निवासी ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन्।
दुर्घटनामा ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामे घाइते भएका छन्। उनीहरूको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
जीपमा चालकसहित पाँच जना सवार थिए। प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दरबाङको टोली घटनास्थलमा पुगेको छ र थप अनुसन्धान जारी रहेको छ ।