Saturday, November 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home Uncategorized

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

हाम्रो समाचार by हाम्रो समाचार
५ बर्ष अगाडि
in Uncategorized
0
ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक
42
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली चलचित्रलाई लक्षित गर्दै नयाँ चलचित्र एप रिलिज भएको छ । नायिका ऋचा शर्मा लगायत केही आईटीमा आवद्ध व्यक्तिहरुको समूहले नयाँ चलचित्र एप सार्वजनिक गरेको हो ।

‘चलचित्र टिभी’ नामक एप आज विहान सार्वजनिक गरिएको नायिका ऋचाले जानकारी दिइन् । www.chalchitra.tv  लग इन गरेर एपमा जान सकिने उनले बताइन् ।

आजबाटै चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिए पनि केही समस्याका कारण चलचित्र हेर्न भने समय लाग्ने उनले जानकारी दिइन् ।

“हाम्रो एपमा आजबाट दर्शकले चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी थियो । तर कोभिड–१९ का कारण निर्माण कम्पनीले केही ढिलो गरेका कारण अझै दुई हप्ता लाग्ने भयो,” ऋचा बाह्रखरीसँग भन्छिन्, “तर अहिलेबाट नै एपमा गएर दर्शकले हामीले एपमा राख्न लागेको चलचित्रको प्रि–भ्यू तथा ट्रेलरहरु हेर्नसक्नु हुनेछ ।”

उनले एप निर्माणका लागि दुइटा चलचित्र खरिदसहित ६० लाख रुपैयाँ खर्च लागेको बताइन् । “नेपालमा एउटा विश्वासिलो चलचित्र एपको आवश्यकतालाई लक्षित गर्दै हामीले यो चलचित्र टिभी एप निर्माण गरेका हौं । पक्कै पनि हाम्रो उद्देश्य पूरा हुने छ,” उनले भनिन्, “नेपाली चलचित्रलाई डिजिटल प्लेटफर्ममा आकर्षित गर्न महत्पूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास पनि छ ।”

‘चलचित्र टिभी’ एपमा सुरुमा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ राखिने छ ।

दुईवटै चलचित्र स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्नेछन् । ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ ‘चलचित्र टिभी एप’मार्फत सार्वजनिक हुन लागेको दीपकराज गिरीले पनि पुष्टी गरिसकेका छन् ।
तोकिएको रकम तिरेपछि दर्शकले चलचित्र हेर्न पाउने छन् ।

यी दुई चलचित्रबाट एड्भान्स स्वरुप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । “अहिले एड्भान्सका रुपमा २० लाख रुपैयाँ लिएका छौं,” दीपक बाह्रखरीसँग भन्छन्, “बाँकी ६०/४० मा सम्झौता गरेका छौं ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ ।

नेपालमा एउटा बलियो चलचित्रको डिजिटल एपको आवश्यकता रहेको भन्दै उनले यो एपलाई आफूले भोलिका दिनमा सशक्त र भरपर्दो एपका रुपमा हेरेको बताए । “नेपालमा एप नभएका होइनन्, तर विश्वास योग्य भएनन् । तर यसले सुरुमै २० लाख खर्च गरेर चलचित्र किन्ने आँट गरेकाले पक्कै पनि राम्रो बनाउनु भएको छ भन्ने विश्वास लागेर बेचेका हौं,” उनले भने, “आन्तरिक रुपमा परीक्षण गरेर पाइरेसी गर्न नसक्ने गरी भरपर्दो बनाएका छौं भनेपछि बेचेका हौं ।”

नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको भन्दै दीपक यो आवश्यकतालाई ध्यानमा राखेर आफूले ‘चलचित्र टिभी एप’सँग सहकार्य गरेको बताउँछन् ।

प्रायः युट्युबमा अपलोड हुने नेपाली चलचित्रबाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुने गरेको छैन । त्यसैले अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता रहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् ।

‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् ।

Previous Post

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ' मैले बोलेको छैन ' सार्वजनिक

Next Post

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

२१ कार्तिक २०८२, बिहीबार
प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

२० कार्तिक २०८२, बुधबार
जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

१९ कार्तिक २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति