Saturday, November 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल

Hamro Prabhav by Hamro Prabhav
६ दिन अगाडि
in समाचार
0
दिल्लीको वायु प्रदूषण नियन्त्रणमा भारतको ‘महँगो प्रयोग’ असफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतले आफ्नो फराकिलो राजधानी नयाँदिल्लीमा क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा प्रयोगमार्फत वायु प्रदूषण नियन्त्रण गर्न गरेको प्रयास असफल भएको देखिएको छ। वैज्ञानिक र वातावरणीय अभियानकर्मीहरूले यस कदमको प्रभावकारिता र औचित्यमाथि प्रश्न उठाएका छन्।

क्लाउड सिडिङमा विमानबाट बादलमा सिल्भर आयोडाइड र नुनजस्ता कणहरू छर्काइन्छ, जसले वर्षा निम्त्याएर वायुमण्डलका प्रदूषकहरूलाई पखाल्ने अपेक्षा गरिन्छ। दिल्ली सरकारले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा गत हप्ता सहरका केही क्षेत्रमा सेस्ना विमान प्रयोग गरी परीक्षण सुरु गरेको थियो। तर पातलो बादलका कारण पहिलो परीक्षणबाट अपेक्षित परिणाम नआएपछि अत्यन्त न्यून मात्र वर्षा भएको जनाइएको छ।

वातावरणीय अभियानकर्मी भावरीन कान्धारीका अनुसार यस्तो प्रविधि ‘भ्रमपूर्ण’ हो। उनले भने, ‘यसले कहिल्यै काम गर्दैन। जबसम्म हामी वायु प्रदूषणका वास्तविक स्रोतहरू हटाउँदैनौँ, तबसम्म समस्या समाधान हुँदैन।’

स्थानीय सञ्चारमाध्यमका अनुसार यस परीक्षणमा सरकारले करिब तीन लाख ६४ हजार अमेरिकी डलर खर्च गरेको छ। हरेक जाडोमा बाक्लो धुवाँले दिल्ली र यसका करिब तीन करोड बासिन्दालाई घेरिरहेको हुन्छ। चिसो मौसममा खेतमा आगो लगाउने, कारखानाबाट निस्किने धुवाँ र सवारीसाधनका उत्सर्जनले वायुमण्डललाई विषाक्त बनाउँछ।

सवारीसाधनमा प्रतिबन्ध, धुवाँ सोस्ने टावर र कुहिरो छर्किने ट्रकजस्ता प्रयासहरूका बाबजुद पनि दिल्लीको हावाको गुणस्तर विश्वका राजधानीहरूमध्ये सबैभन्दा खराब अवस्थामा रहेको छ। पछिल्लो परीक्षणको भोलिपल्ट मात्रै क्यान्सर उत्पन्न गर्ने सूक्ष्म कण एः २.५ को स्तर ३२३ पुगेको थियो। यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको दैनिक सीमा भन्दा करिब २० गुणा बढी हो। विशेषज्ञहरूले यस अवस्थालाई आगामी दिनमा अझ बिग्रिने अनुमान गरेका छन्।

सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकामा प्रकाशित छ। यसबीच, क्लाउड सिडिङमा प्रयोग गरिएका रसायनहरूको दीर्घकालीन प्रभावबारे पनि चिन्ता व्यक्त गरिएको छ। अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका अनुसार सीमित अध्ययनले सिल्भर आयोडाइडले गम्भीर स्वास्थ्य जोखिम उत्पन्न नगरेको देखाए पनि यसको व्यापक प्रयोगका दीर्घकालीन असरहरू अझै अज्ञात छन्।

वातावरणीय विज्ञहरूका अनुसार क्लाउड सिडिङले वर्षा गराउन सफल भए पनि यसको प्रभाव अत्यन्तै अल्पकालीन हुन्छ। कर्नेल विश्वविद्यालयका जलवायु वैज्ञानिक डेनियल भिजनीले भने, ‘यदि हावामा पर्याप्त आद्र्रता छैन भने यो प्रविधिले वर्षा उत्पन्न गर्न सक्दैन। यसले वर्षालाई एक ठाउँमा केन्द्रित गर्न सक्छ, तर प्रदूषण हटाउने स्थायी उपाय होइन।’ उनका अनुसार प्रदूषण घटाउने एकमात्र विवेकपूर्ण उपाय भनेको जीवाश्म इन्धनको दहन कम गर्नु हो।

दिल्लीका सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का वीरेन्द्र सचदेवले भने यस प्रयासलाई असफल भनेर खारेज गर्न हतार नगर्न आग्रह गरे। उनका अनुसार यो अनुसन्धान प्रक्रियाको हिस्सा हो। सफलता सधैँ पहिलो प्रयासमै पाइँदैन।

तर आइआइटी दिल्लीका वायुमण्डलीय वैज्ञानिक शाहजाद गनी र कृष्ण अच्युतरावले भने क्लाउड सिडिङ योजनालाई ‘विज्ञानको गलत प्रयोग र नैतिकताको बेवास्ता गरिएको उदाहरण’ भनेका छन्। दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इन्भाइरनमेन्टका विज्ञ मोहन जर्जले पनि कृत्रिम वर्षा कुनै दीर्घकालीन समाधान नभएको बताए। उनले भने, ‘वर्षा रोकिएपछि प्रदूषण फेरि उस्तै स्तरमा पुग्छ।’

सन् १९४० को दशकमा पहिलोपटक विकसित गरिएको क्लाउड सिडिङ प्रविधि विश्वका विभिन्न देशहरूमा वर्षा गराउन, कुहिरो हटाउन र खडेरी घटाउन प्रयोग गरिँदै आएको छ, तर परिणाम प्रायः मिश्रित नै देखिएका छन्। चीनले पनि सन् २००८ को बेइजिङ ओलम्पिकका क्रममा मौसम नियन्त्रणको प्रयासस्वरूप यस प्रविधिको प्रयोग गरेको थियो।

गनी र अच्युतरावका अनुसार दिल्लीको प्रदूषणका कारणहरू अनियन्त्रित उत्सर्जन र मौसमी बाली जलाउने प्रमुख कारण हुन् भन्ने सबैलाई थाहा छ। समाधान पनि स्पष्ट छ—स्वच्छ इन्धनको प्रयोग, सशक्त फोहोर व्यवस्थापन र नियमको कडा कार्यान्वयन। तर उनीहरू भन्छन्, ‘यी प्राथमिकताहरूले बलियो बनाउनुको सट्टा वैज्ञानिक समुदायका केही भागहरू र संस्थाहरूले सङ्कटको मूल स्रोतलाई सम्बोधन नगरी थोरै मात्र काम गर्ने महँगो दृश्यलाई विश्वसनीयता दिइरहेका छन्।’

Previous Post

सरकारी सरह तलब सुविधासहितका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नर्स र निजी अस्पताल प्रतिनिधिबीच सहमति

Next Post

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त माग

Hamro Prabhav

Hamro Prabhav

Next Post
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त माग

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

२१ कार्तिक २०८२, बिहीबार
प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

२० कार्तिक २०८२, बुधबार
जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

१९ कार्तिक २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति