Saturday, November 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home लगानी

तङ्ग्रिँदै वैदेशिक रोजगारः १० महिनामा लिए करिब चार लाख जनाले श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ? 

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in लगानी, समाचार
0
तङ्ग्रिँदै वैदेशिक रोजगारः १० महिनामा लिए करिब चार लाख जनाले श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ? 
36
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २० फागुन । कोरोना माहामारीले थलिएको वैदैशिक रोजगार यस वर्ष तङ्ग्रिँएको छ । २०७८ साल सुरु भएयताको १० महिनामा वैदेशिक रोजगारमा जान करिव चार लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले २०७८ वैशाख देखि माघ मसान्तसम्मको अवधिमा उनीहरुलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको हो ।

‘कोरोना महामारी मत्थर हुँदै गएपछि वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या पहिलेकै अवस्थामा पुगेको छ,’ वैदेशिक रोजगार विभागमा सूचना अधिकारी कृष्ण प्रसाद भूसालले भने ।

भूसालका अनुसार पछिल्लो १० महिनामा कूल ३ लाख ९७ हजार ६१३ जनाले विभागबाट श्रम स्वीकृति लिइसकेका छन् । सो समयमा औषतमा प्रत्येक महिना ३९ हजार ७६१ जनाले श्रम स्वीकृति लिएको देखिन्छ ।

अहिलेकै गतिमा श्रम स्वीकृति लिनेको संख्या बाँकी दुई महिनामा पनि बढे यो वर्ष करिव पाँच लाख जना वैदेशिक रोजगारमा जाने देखिन्छ ।

‘गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख १० हजारभन्दा बढी छ,’ सूचना अधिकृत भूसालले भने ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५  र माघमा ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगार क्षेत्रमा असर गरेको थियो । महामारीका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा ठूलो गिरावट आएको थियो ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।

कोरोना महामारी नियन्त्रण गर्न प्रायः सबै देश लकडाउनमा गएपछि वैदेशिक रोजगारमा जानेको संख्या ओरालो लागेको थियो । नेपालले पनि २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ।

कोरोनाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपछि आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ मा झरेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान विभागबाट ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

वैदेशिक रोजगारमा कोरोनाले अझ ठूलो असर आर्थिक वर्ष २०७७/७८ मा गर्यो । सो वर्ष मात्र १ लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भने श्रव स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्केको छ ।

‘कोरोना खोपका कारण विश्वास बढ्यो र बजार खुले । यसैले वैदेशिक रोजगारलाई फेरी पुरानै अवस्थामा फर्काउन मद्दत गर्यो,’ विभागका सूचना अधिकृत भूसालले भने ।

कोरोनाका कारण वैदेशिक रोजगारमा जानेको संख्या घट्दा यसले नेपाल भित्रने रेमिट्यान्समा असर गरेको छ । पछिल्ला महिनाहरुमा नेपाल भित्रने रेमिट्यान्स घटेको छ । यसले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुससम्मको ६ महिनाको अवधिममा नेपालमा विभिन्न देशबाट ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा नेपालमा ४ खर्ब ९५ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस वर्ष वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । यसले पुनः नेपाल भित्रने रेमिट्यान्स बढाउने विश्वास गरिएको छ ।

Previous Post

स्थानीय तहको निर्वाचनः मतदाता नामावलीमा दाबी–विरोध आजदेखि

Next Post

आजको मौसम: हल्का हिमपातको सम्भावना

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
आजको मौसम: हल्का हिमपातको सम्भावना

आजको मौसम: हल्का हिमपातको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

२१ कार्तिक २०८२, बिहीबार
प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

२० कार्तिक २०८२, बुधबार
जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

१९ कार्तिक २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति