Saturday, November 8, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home लगानी

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in लगानी, समाचार
0
बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत आपूर्ति दिने छ ।

त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरूले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नुपर्ने छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महँगो पर्दैन ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट विद्युत खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो आद्योगिक हब बन्ने सम्भावना देखिएकाले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताउनुभयो । घिसिङले विरगञ्ज, पोखरिया र सुख्खा बन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताए ।

Previous Post

आजको मौसम: हल्का हिमपातको सम्भावना

Next Post

दमौलीमा भीषण आगलागी

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
दमौलीमा भीषण आगलागी

दमौलीमा भीषण आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार
कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

२१ कार्तिक २०८२, बिहीबार
प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

२० कार्तिक २०८२, बुधबार
जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

१९ कार्तिक २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

जनार्दनलाई प्रचण्डले भने- अझै विचार गर्नुस्

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, करिब ५ करोडको हिसाब भेटिएन

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति