Friday, December 5, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home विशेष

सात महिनामा साढे १३ हजारभन्दा बढी सडक दुर्घटनाः १६ सयभन्दा बढीको मृत्यु, १८ हजारभन्दा बढी घाइते 

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in विशेष, समाचार
0
संखुवासभा बस दुर्घटना अपडेट : सात जनाको मृत्यु
29
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं, २६ फागुन ।चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक विष्णु कुमार केसीका अनुसार ती दुर्घटनामा परी १ हजार ६३८ जनाको ज्यान गएको छ ।

चालु आर्थिक वर्षमा विभिन्न दुर्घटनामा परी १८ हजार २३४ जना घाइते भएका छन् । यीमध्ये ४ हजार ३७ जना गम्भिर र १४ हजार १९७ जना सामन्य घाइते भएका थिए ।

सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यका भित्र हुने गरेको देखिन्छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा काठमाडौं उपत्यकामा ६ हजार २१, प्रदेश १ मा २ हजार १७८, मधेश प्रदेशमा  ३ हजार ४९, बागमती प्रदेशमा  (काठमाडौं उपत्यका बाहेक) ९८०, गण्डकी प्रदेशमा २४०, लुम्बिनी प्रदेशमा ६७०, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ३२७ वटा दुर्घटना भएका छन् ।

यो अवधिमा देशभर सवारी दुर्घटनामा २२ हजार ५० वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनमध्ये १० हजार ९३७ वटा काठमाडौं उपत्यकामा, ३ हजार २७७ वटा प्रदेश १ मा, ४ हजार ४६५ वटा मधेश प्रदेशमा, १ हजार ४१५ बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक), ३२० वटा गण्डकी प्रदेशमा, ९०७ वटा लुम्बिनी प्रदेशमा, २८८ वटा कर्णाली प्रदेशमा र ४४१ वटा सुदुरपश्चिम प्रदेशमा रहेका छन् ।

सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भएको भए पनि दुर्घटनामा ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा रहेको छ ।
पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा ३०१, मधेस प्रदेशमा ३३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) २२३, गण्डकी प्रदेशमा १४४, लुम्बिनी प्रदेशमा ३०४, कर्णाली प्रदेशमा १२२ र सुदुरपश्चिम प्रदेशमा ११२ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनमा मोटरसाइकल रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । यो अवधिमा दुर्घटनामा पर्ने सवारी सधानमा ११ हजार २६७ वटा मोटरसाइकल, १ हजार ३७५ ट्रक तथा ट्याङ्कर, ४१९ वटा टिपर, ४० वटा डोजर, लोडर र स्काभेटर, १ हजार ४३६ वटा बस, २१८ वटा माइक्रो, ५ हजार ९४ जिप तथा कार, ५४६ वटा ट्रयाक्टर, ६८० टेम्पो र बाँकी अन्य सवारी साधन रहेका छन् ।

कुन समयमा हुन्छ बढी दुर्घटना ? 

प्रहरीको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुनेगरेको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा ५ हजार ४३६ वटा सवारी दुर्घटना भएका छन् ।

प्रहरीका अनुसार सो अवधिमा विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म ३ हजार १८०, साँझ ६ बजेदेखि राती १२ बजेसम्मको समयमा ४ हजार ४६३ र राती १२ बजेदेखि विहान ६ बजेसम्म्को समयमा ६२० वटा दुर्घटना भएका छन् ।

दुर्घटनाको प्रमुख कारण– तिव्र गति 

नेपाल प्रहरीका अनुसार बितेको सात महिनामा सवारी चालकको कारण ११ हजार ९३६ वटा सवारी दुर्घटना भएका छन् ।

सोही अवधिमा सवारी साधनको कारण ३६४, यात्रुको कारण ५१९, सडकको अवस्थाका कारण ७५४, मौसमको कारण ४८ र चौपायाको कारण ८२ वटा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस वर्ष तिव्र गतिका कारण ६ हजार २५८ वटा सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ओभरटेक गर्दा ४८६, मादप पदार्थ सेवन गरेका कारण ७२९, यात्रुले बाटो काट्दा ४३३ र ट्राफिक नियम उल्लंघन गर्दा ५७७ वटा दुर्घटना भएको पाइएको छ ।

Previous Post

श्रीलंका पुलिसविरुद्ध नेपालको आक्रमक ब्याटिङ, तीन खेलाडीको अर्धसतक 

Next Post

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ : माधव नेपाल 

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
एकीकृत समाजवादीको अस्तित्वबाट एमाले आतङ्कित भयो, तमासा देखायो : माधव नेपाल

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ : माधव नेपाल 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति