Friday, December 5, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

एमालेले निष्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन

प्रभाव संवाददाता by प्रभाव संवाददाता
४ बर्ष अगाडि
in राजनीति, समाचार
0
एमालेले निष्कासन गरेका १४ सांसदको फैसला अब पूर्ण इजलासबाट, सर्वोच्चले अन्तरिम आदेश दिएन
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं, २९ फागुन । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । फैसलाका लागि भने मिति तोकिएको छैन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त मुद्दा फैसलाका लागि पूर्ण इजलासमा पठाउने आदेश भएको बताए । निवेदकको पक्षबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले अन्तरिम आदेश नआएको र फैसलाका लागि मिति तोक्ने आदेश भएको बताए ।

‘अन्तरिम आदेश आएको भए १४ सांसदले काम गर्न पाउने थिएनन् । तर, पूर्ण फैसलाका लागि मिति तोक्ने फैसला भएको छ । फैसलाका लागि मिति तोकिन्छ,’ बडालले भने ।

एमाले अध्यक्ष केपी ओलीले एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तिनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । गत १७ भदौमा परेको रिट निवेदनमा पटक-पटक सुनुवाइ सर्दै आएको छ ।

पटक-पटक पेसी चढेर हेर्न नभ्याइनेमा पर्दै आएको थियो । सर्वोच्चले उक्त मुद्दाउपर निकास नदिँदा संसद्समेत बन्धक छ । एमालेको अवरोधकाबीच संसद्ले आफ्नो कामकारबाही अगाडि बढाउनुपर्ने बाध्यता छ ।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसद विमला वली र अजय शाहीलाई निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका वली र शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेको भन्दै एमाले अदालत गएको थियो ।

त्यस्तै, एमालेले २५ साउनमा माधवकुमार नेपालसहित १४ जना सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको पत्र १ भदौमा संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

संसद् सचिवालयले निष्कासनको सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए । आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएको थियो । त्यसपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारबाही गर्नु नपर्ने सूचना टाँसेको थियो ।

कानुनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरूलाई सभामुखले पदमुक्त नगरेको भन्दै अहिले एमालेले संसद् अवरोध गर्दै आएको छ । एमालेले उनीहरूलाई सांसदको रूपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गर्दै आएको छ ।

एमालेले नेकपा एसका सांसद्हरू माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई निष्कासन गरेको थियो ।

१८ भदौदेखि उक्त मुद्दामा निरन्तर बहस चल्दै आएको छ । यो बीचमा सातपटक हेर्न नभ्याउनेमा परेको थियो भने एकपटक स्थगित भएको थियो ।

Previous Post

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

Next Post

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख 

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख 

आगामी बैठकमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : सभामुख 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति