राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको दिने तय भएको छ । त्यसको अघिल्लो दिन आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
तर १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनको मन्त्री पद गयो । लगतै नेपाली नागरिकता लिएका लामिछानेले गृह मन्त्रालयमा फर्किन चाहेका थिए, तर प्रचण्ड सहमत नभएपछि रास्वपाले २२ माघमा सरकार नै छाड्यो । समर्थन भने फिर्ता लिएको थिएन ।
२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।














