Wednesday, March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड, रंगेली नगरप्रमुखको ‘सेटिङ’

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड, रंगेली नगरप्रमुखको ‘सेटिङ’
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । मोरङको रंगेली नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको नाममा जङ्क फुड दिने गरेको खुलेको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङले गत असार २० गते गरेको अनुगमनका क्रममा रंगेली–६ मा रहेको पब्लिक माध्यमिक विद्यालयले जङ्क फुड खुवाउने गरेको खुलेको हो ।

जिल्ला शिक्षा समन्वय इकाई मोरङका सूचना अधिकारी शिवप्रसाद घिमिरेका अनुसार विद्यालयमा दालमोठमा चिउरा र भुजिया मिसाएको एउटा प्याकेट र अर्को चिजबलजस्तो प्याकेट खाजामा प्रयोग गरेको भेटिएको हो । त्यस्तो खाजाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै आफूहरुले विद्यालयलाई सचेत गराएको उनले बताए ।

विद्यालय अनुगमनका क्रममा समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतम, सब इन्जिनियर देवी प्रसाद चुँडालको सहभागिता थियो । अनुगमनपछि उक्त टोली र विद्यालयका प्रधानाध्यापक विरेन्द्रकुमार साहको संयुक्त बैठकले आगामी दिनमा खाजामा प्याकेट नराख्न र विद्यालय हाताभित्रै खाजा तयार गरी विद्यार्थीलाई उपलब्ध गराउन दिर्नेशन दिएको छ ।

‘दिवा खाजा कार्यक्रम विभिन्न प्याकेट बन्द सामाग्री प्रयोग भएको पाइयो । विद्यार्थी स्वास्थ्यलाई मुख्य मानी तयारी त्यस्ता सामग्री प्रयोग नगर्ने र स्थानीय स्तरमा प्राप्त हुने उत्पादनलाई प्राथमिकता दिई दैनिक अलगअलग मेनु तयार गरी विद्यालय हाताभित्रै तयारी गराइ खाजाको प्रबन्ध गर्न विद्यालयको सबै सरोकारवालाको ध्यानाकर्षण गर्दछौं । विद्यालयलाई अविलम्ब सो व्यवस्थापन गर्न निर्देशन दिइएको छ,’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।

विद्यालयका प्रधानाध्यापक यादवले आफूहरुले यसअघि नै खरिद गरिसकेका कारण उक्त प्याकेटहरु नसकिएसम्म त्यही प्रयोग गर्ने बताए । ‘हामीले खाजामा प्याकेट किनिसकेका छौं, त्यो सकिएपछि अर्को खरिद गर्छौंं,’ उनले भने । पब्लिक स्कुलमा ६ कक्षा मुनि अध्ययन गर्ने ४ सय विद्यार्थी छन् ।

नगरभरका विद्यालयमा नगरप्रमुख बगडियाको सेटिङ

यसैबीच रंगेली नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई यस्तै खाजा खुवाइने गरेको त्यहाँका शिक्षकहरुले बताएका छन् । उनीहरुका अनुसार हरेक विद्यालयमा नेपाल स्वास्थ्य फुड इन्ड्रष्ट्रिज प्रा.लि.बाट उत्पादित खाजा खुवाउने गरिएको छ । यो उद्योग नगर प्रमुख दिलिपकुमार बगडिया (अग्रवाल)का भाइ राजेश अग्रवाल र छोराले सञ्चालन गर्दै आएका छन् ।

नगर प्रमुखको यो उद्योगले चिउरा, भुजिया दालमोठ तथा अन्य जङ्कफुड उत्पादन गर्छ । खाद्यविज्ञहरुले प्याकेटका खानेकुराहरुलाई पत्रु खाना भन्दै बालबालिकाको स्वास्थ्यका लागि हानीकारक हुने बताउँदै आएका छन् ।

रंगेली नगरपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय र ४ वटा मदरसा छन् । नगरका ३३ वटै विद्यालयका सबैै विद्यार्थीले हरेक दिन एकै किसिमको खाजा पाउने गरेका छन् । जुन खाजा नगर प्रमखु अग्रवालकै उद्योगबाट उत्पादन हुन्छ ।

‘तर, मेयर सा’बको स्वार्थका अघि हाम्रा विद्यार्थीको स्वास्थ्य र पोषणको कुरा गौण भएको छ’, रंगेलीका एक जना प्रधानाध्यापकले भने ‘हरेक दिन एकै खालको प्याकेटको खानेकुरा खान विद्यार्थी बाध्य छन् ।’

उनका अनुसार सरकारले विद्यार्थीलाई ताजा र पोषिलो खानेकुरा खुवाउनु भनेर विद्यार्थीको टाउको गनेर पैसा दिएको हुन्छ । तर, विद्यार्थीले मेयरको फ्याक्ट्रीको उत्पादन खानैपर्ने बाध्यता छ । त्यो कति पोषिलो र स्वस्थकर छ भन्ने तथ्यबारे विद्यालयहरुले प्रश्नसमेत उठाएका छैनन् ।

चालु आर्थिक वर्षमा रंगेलीले विद्यार्थीहरुलाई ९० लाख ८४ हजार ५ सय २५ रुपैयाँको दिवा खाजा खुवाएको तथ्यांक नगरपालिकाको शिक्षा शाखासँग छ । यो सबै पैसाको खाजा प्रमुख बगडियाकै उद्योगमा गएको छ ।

‘विद्यार्थीको लागि ल्याएको खाजा ठूला मान्छेले पनि खान सकिँदैन,’ एक शिक्षकले भने, ‘हामीले पटक पटक विद्यार्थीले यस्तो खाजा खान सकेनन् भन्दा मेयरसावले नै यो भन्दा पोषिलो अरू पालिकाले पनि खुवाएका छैनन् भनेर भन्नुभयो ।’

प्रमुख बगडियाले प्रधानाध्यापकहरुको बैठकमा खाजाको विषयमा कुरा नउठाउन धम्कीसमेत दिने गरेको ती शिक्षकको दाबी छ ।

गत आर्थिक वर्षमा नगरपालिकाले विद्यार्थी खाजाका लागि ठेक्का लगाएको थियो । स्वास्थ्य फुड इन्ड्रस्टिजसहित अन्य केही कम्पनीले टेन्डर हालेका थिए । त्यति बेला उनका भाइ र छोराको नाममा रहेको स्वास्थ्य फुड इन्ड्रष्ट्रिजले ठेक्का पाउन सकेन । अर्कै कम्पनीले कम दररेटमा ठेक्का पारेपछि प्रमुख अग्रवालले विभिन्न बहाना बनाएर ठेक्का रद्द गर्न लगाए । अनि विद्यालयमार्फत सोझै खाजा खरिद गर्ने व्यवस्था मिलाएका थिए ।

ताजा र स्थानीय उत्पादन विद्यार्थीलाई खाजामा खुवाउन भनेर संघीय सरकारले स्थानीय तहमार्फत प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले खाजाको पैसा उपलब्ध गराउँछ । अहिले पनि धेरै सामुदायिक विद्यालयहरुले अन्डा, फलफूल, चना, खिर लगायतका स्वस्थ र पोषिलो खाजा विद्यालयमै पकाएर खुवाइरहेका छन् । धेरै विद्यालयले खाजा बनाउन कर्मचारीसमेत राखेका छन् ।

नगरका प्रमुख बगडिया विद्यालयले खरिद गरेको खाजाको विषयमा आफूले केही नभन्ने बताउँछन् । ‘फोनमा भन्दा तपाईंसँग भेटेरै कुरा गरौंला, समाचार लेखेर के हुन्छ ? आपत्ति के छ र ? मेरो विवादको कुरा केही होइन, यो स्कुलको कुरा हो,’ उनले भने, ‘समाचारमा आएको विषयमा मैले के भन्नुछ र ? मैले रोक्न सक्ने कुरा भएन । जसलाई इच्छा लाग्छ, त्यो लेख्ने ।’

विद्यालय खाजा अस्वस्थकर भयो भन्ने विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘विराटनगर आएर आज तपाईसँग साँझमा भेटेरै भन्छु ।’

अग्रवालले आफ्नो उद्योगबाट सामग्री नकिनिने भएपछि गर्भवती महिलाका लागि नगरले विनियोजन गरेको बजेट दुई आर्थिक वर्षदेखि खर्च हुन सकेको छैन । दुई आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ फ्रिज भएर नगरपालिकाकै खातामै बसेको छ । नगरपालिकाको गौरवको कार्यक्रमका रूपमा रहेको गर्भवती सुत्केरी पोषण कार्यक्रमका लागि आर्थिक वर्ष ०७६/७७ र ०७७/०७८मा ६०/६० लाख रुपैयाँ विनियोजन भएको थियो ।

‘रेडी टु इट’ नामक खानेकुरा मेयर र उनको परिवारले चलाउने उद्योगले उत्पादन गर्छ । कम्पनीले उत्पादन गरेका खानेकुराहरू तातो पानीमा हालेर तुरुन्त खान मिल्छ । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले सुत्केरीहरुका लागि खुवाउन सिफारिस नगरेको भन्दै स्वास्थ्यकर्मीले नमानेपछि मेयरले अन्य सामग्री पनि किन्न नमानेको स्रोतको दाबी छ ।

Previous Post

ब्रेकथ्रूको पर्खाईमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग,

Next Post

कांग्रेस केन्द्रीय समिति बैठक सुरू, फेसबुक पेजमा प्रत्यक्ष प्रशारण

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
कांग्रेस केन्द्रीय समिति बैठक सुरू, फेसबुक पेजमा प्रत्यक्ष प्रशारण

कांग्रेस केन्द्रीय समिति बैठक सुरू, फेसबुक पेजमा प्रत्यक्ष प्रशारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति