Wednesday, March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

एशियामा मानवअधिकार रक्षकमाथि सुरक्षा चुनौती बढ्दो : फोरम एशिया

प्रभाव संवाददाता by प्रभाव संवाददाता
३ बर्ष अगाडि
in समाचार
0
एशियामा मानवअधिकार रक्षकमाथि सुरक्षा चुनौती बढ्दो : फोरम एशिया
5
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : मानवअधिकार तथा विकास मञ्च (फोरम एशिया) ले मानवअधिकार रक्षकहरूको सुरक्षा चुनौती बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ।

फोरम एशियाको काठमाडौँमा बसेको बोर्ड बैठकले एशिया महादेशका सबै देशमा मानवअधिकार रक्षकहरूको अवस्था एउटै रहेको र उनीहरूमाथि नयाँनयाँ प्रकृतिका चुनौती थपिँदै गएको निष्कर्ष निकाल्दै अन्तरदेशीय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्नेमा जोड दिएको छ।

देशभित्रै विकसित राजनीतिक घटनाक्रम, सीमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेशीय सम्बन्ध लगायतको प्रत्यक्ष असर मानवअधिकार रक्षकमा पर्ने बैठकको दाबी छ।

फोरम एशियाले व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुने क्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन सबैलाई आह्वान गरेको छ। विश्वव्यापी उदारीकणसँगै विकसित घटनाक्रमले मानवअधिकार रक्षकहरूकै सुरक्षामा चुनौती थपिएको भन्दै बैठकले मानअधिकारको रक्षा र मानवअधिकार रक्षकहरूको सम्मानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएको हो।

फोरम एशियाका अध्यक्ष जेराल्ड जोसेपले दक्षिण एशियाली मुलुकमा मानवअधिकार रक्षकमाथि बढ्दै गएको चुनौती सामना गर्न अन्तरदेशीय सञ्जाल बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले मानवअधिकार रक्षकहरू सरकारका विरोधी नभएको र उनीहरू मानवअधिकारको रक्षा, लोकतन्त्र र विकासको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउन नसकेको स्विकारे।

भारतका मानवअधिकार रक्षक कृति रोयले अहिले पनि अन्तरदेशीय सीमामा हिंसात्मक गतिविधि भइरहेको ती घटनाका पीडितले न्याय पाउन नसकेको र ती क्षेत्रमा अधिकारका लागि लड्ने रक्षकको सुरक्षा चुनौती बढेकाले सबै देशका मानवअधिकार रक्षकहरू अधिकारको लडाइँमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले भने‚ ‘मानवअधिकार रक्षक र पीडितको रक्षाको लागि कानुन फितला छन्। केही मूल कानून छन् तर ती सबै पर्याप्त छैनन्। नेपालमा मानवअधिकार रक्षाका लागि धेरै कानून छन्। तर सबै कार्यान्वयन भएको अवस्था छैन। भारतमा पनि धेरै कानुन छन् तर कुनै पनि कार्यान्वयनमा आएका छैनन्। अब मानवअधिकारवादी संस्थाहरूले सबै क्षेत्रमा हुने मानवअधिकार हननका घटनामा चासो बढाउनुपर्छ। यसको लागि सबै मिलेर काम गर्न आवश्यक छ।’

फोरम एशियाकी बोर्ड सदस्य एवं मानवअधिकार रक्षक डाक्टर रेणु अधिकारीले समुदायस्तरमा काम गरिरहेका रक्षकहरूको अवस्थामा अहिले पनि सुधार आउन नसकेको र थप सुरक्षा चुनौती बढेको बताइन्। उनले विश्वव्यापी रूपमा देखिएको आर्थिक संकटले थपेको चुनौतीसँगै व्यापार व्यवसायका कारण मानवअधिकारमा थप्न सक्ने जोखिमतर्फ सजग हुँदै मानवअधिकार रक्षकको सुरक्षा र सम्मानका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन्।

मानवअधिकार रक्षकहरू सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एशिया २४ वटा देशमा कार्यरत छ। फोरम एशियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व छ।

Previous Post

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

Next Post

महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतह बढ्यो

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतह बढ्यो

महाकाली नदी पारिगाउँ केन्द्रमा जलसतह बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति