धनुषा — महोत्तरीको औरही स्थित अवैध डान्सबारबाट ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित ब्ल्याक एण्ड ह्वाइट डान्सबारबाट ८ महिला र ३ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको टोलीले उक्त व्यक्तिहरूलाई पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here