मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित डम्पिङसाइटमा मंगलबार बेलुका सालनालसहित एक नवजात शिशु (छोरी) को शव फेला परेको छ।शिशुलाई त्यहाँ कसले फालेको भन्ने अझै खुल्न सकेको छैन। हाल प्रहरीले घटनाको अनुसन्धान जारी राखेको ईलाका प्रहरी कार्यालय (ईप्रका) मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाले जानकारी दिए।‘शिशुलाई एक-दुई दिनअघि जन्माएर फालेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको आठ महिनाभित्र नवजात शिशु फालिएका तीनवटा घटना दर्ता भएका छन्।




