संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्ने क्रममा गलत शब्द प्रयोग गरेको आरोपमा उनीहरूको पास रद्द गरिएको सचिवालयले जनाएको छ।
महासचिव स्तरीय निर्णयअनुसार पत्रकार प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको छ।
संसद सचिवालयले रिपोर्टिङका लागि पत्रकारलाई प्रदान गर्ने प्रवेश पास यस निर्णयअनुसार स्थगित गरिएको हो।





