पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
गुल्मीको पूर्तीघाटबाट वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप सेतीवेणी, रानीपानी क्षेत्र हुँदै जाँदा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टका अनुसार दुर्घटनामा पर्वत बिहादी गाउँपालिका–३ का मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ की ६४ वर्षीया दिलकुमारी भट्टचनको घटनास्थलमै मृत्यु भएको हो।
छ जना घाइतेलाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने जीपमा सवार एक जना बालक सामान्य अवस्थामै रहेको प्रहरीले जनाएको छ।
‘दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिरहेको छ,’ डिएसपी विष्टले जानकारी दिए।





