सेयर बजारमा सानो वृद्धि, कारोबार रकम उच्च

२३ फागुन, काठमाडौं । गत साता ७२ अंकले बढेको सेयर बजार यस साता मात्र ३ अंकले वृद्धि भएको छ । अघिल्लो साता २८१५ विन्दुमा रहेको बजार यस साता २८१८ विन्दुमा पुगेको छ ।

५ दिन कारोबार खुल्दा बजार ४ दिन घट्यो । तर, एक दिनको वृद्धिले बाँकी ४ दिनको गिरावटलाई नकार्न सकेन । आइतबार ७५.२४ अंकले उकालो लागेको बजार सोमबार १३.६१, मंगलबार ३०.३६, बुधबार २५.१६ तथा बिहीबार २.७० अंकले घट्यो ।

यद्यपि, सोमबारको कारोबार भदौ ९ यताकै उच्च रह्यो । सो दिन १४ अर्ब २८ करोडको कारोबार भयो । आइतबार १४ अर्ब २५ करोड, मंगलबार १२ अर्ब ९४ करोड, बुधबार १० अर्ब ९७ करोड तथा बिहीबार १० अर्ब १० करोडको कारोबार भएको छ ।

यस साता विकास बैंक समूह सबैभन्दा धेरै ३.१४ प्रतिशतले बढ्यो । जीवन बीमा, उत्पादन तथा अन्य समूह पनि २–२ प्रतिशतले वृद्धि भए । तर, बैंकिङ, फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स, होटल तथा व्यापार समूह भने घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here