१५ चैतमा तीनकुनेमा राजावादी प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर रामचन्द्र बुढाथोकी घाइते भए। उनी हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत छन्। दाहिने हातको अपरेसन भए पनि घाउ निको भइनसकेको र थप उपचार भइरहेको छ। मालवाहक गाडी चलाउँदै आएका रामचन्द्र अस्पताल भर्ना भएपछि उनकी पत्नी सावित्रालाई खर्च जुटाउने चिन्ता छ। दैनिक आम्दानीमा गुजारा गर्ने परिवारले अस्पतालको बिल तिर्न नसक्ने अवस्था छ।

सरकारले पछि खर्च फिर्ता हुने भने पनि हाल तिर्नैपर्ने दबाब छ। रामचन्द्रलाई गाडीको किस्ता, कोठा भाडा र चार सन्तानको पढाइको चिन्ता छ। अर्का घाइते स्याङ्जाका सुमन गुरुङ पनि खर्च धान्न नसकी अस्पतालबाट भाग्न बाध्य भए।

विपन्न घाइतेहरू राज्यको सहयोग नपाएर झनै संकटमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here