नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ मा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ।
प्रहरीका अनुसार अमर्सेबाट चोरमारा बजारतर्फ जाँदै गरेको मोटरसाइकल चिप्लो सडकका कारण अनियन्त्रित भइ दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वडा नम्बर ७ का २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रदिम मिधुनको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, दुर्घटनामा घाइते भएका २८ वर्षीय मनिष घर्ती मगरको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





