भिजिट भिसा प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (लेखक) मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दलसहितका विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन्। उनीहरूले गृहमन्त्रीले अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग राखेका छन्।

आजको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले कामकारबाही अघि बढाउने घोषणा गरे पनि विपक्षी सांसदहरू आक्रोशित हुँदै उठेर विरोधमा उत्रिएका थिए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता वर्षमान पुनलाई बोल्न समय दिएका थिए।

सांसद पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसाको नाममा करोडौं रुपैयाँ असुलेर मानव तस्करी भइरहेको विषय सञ्चारमाध्यममा मात्र होइन, आम जनताको घरघरमा समेत चर्चा भइरहेको बताए। उनले गृहमन्त्रीले नैतिकता आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए।

पुनले स्पष्ट रूपमा गृहमन्त्री लेखकले पद नत्यागेसम्म संसद्को कामकारबाही अघि बढ्न नदिने चेतावनी पनि दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here