दोस्रो पटकको प्रयासमा प्रदेश २ ले आफ्नो नाम र स्थायी राजधानी तोकेको छ । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी जनकपुर तोकिएको छ ।
माघ ३ गते स्थायी राजधानी जनकपुरका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरु मध्ये ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका थिए । सो लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए ।
साथै प्रदेशसभाको बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुईतिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।
पहिलो पटकको २०७६ चैत ३ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।





