काठमाडौँ । फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार विधेयक दर्ता गरेका हुन्।

विधेयकमा संघ, प्रदेश र स्थानीय तहको फोहोरमैला व्यवस्थापनसम्बन्धी भूमिका र जिम्मेवारी स्पष्ट गर्ने प्रस्ताव गरिएको छ। फोहोरको उचित व्यवस्थापन, वातावरणीय स्वच्छता तथा मानव स्वास्थ्यको संरक्षणसँगै चक्रीय अर्थतन्त्रअनुसार फोहोर प्रशोधन गरी पुनः प्रयोग गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

विधेयक पारित भए तीन तहका सरकारबीच सहकार्य, सार्वजनिक–निजी साझेदारी र प्रविधिको प्रयोगमार्फत फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here