काठमाडौं।

काठमाडौंको बुद्धनगरस्थित निजी क्षेत्रबाट संचालित केएमसी स्कुलको होस्टलमा एक किशोरी झण्डिएको अवस्थामा फेला परेकी छिन्। काभ्रेको रोसी गाउँपालिकाकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

अघिल्लो साँझ नै उनी मृत फेला परेपनि परिवारका सदस्यहरुले शव उठाउन दिएका छैनन्। झुन्डिएको भएपनि शरीर भुईँमा लत्रिएकाले उनको मृत्यु शंकास्पद भएकाले भन्दै आफन्तहरुले शव नउठाएका हुन्। महानगरीय प्रहरी वृत्त वानेश्वरका अनुसार अहिले बुद्धनगरस्थित सो स्कूलमा ठूलो संख्यामा प्रहरीका परिचालन गरिएको छ ।

रमाका आफन्त श्याम खत्रीले साँझ ५ बजेतिर घटना थाहा पाएको होस्टल प्रशासनले ७ बजेपछि मात्र परिवारलाई जानकारी गराउनु नै शंकास्पद रहेको बताएका छन्।

रमा विगत दुई वर्षदेखि होस्टलको किचनमा काम गर्दै आएकी थिइन्। प्रहरीले अहिले विहान १० बजे स्कूल प्रशासनसँग छलफल राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले सो घट्नाको अनुसन्धान भैरहेको र पीडित र स्कूल प्रशासनसँग समन्यव भैरहेको बताए। ‘हामीले समन्वय गरिरहेका छौ, १०बजे सबै पक्ष राखेर छलफल गर्नेछौ साथै घट्ना अनुसन्धान पनि भैरहेको छ’, एसपी मैनालीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here