काठमाडौं।
विश्वको सबैभन्दा अत्याधुनिक र ठूलो टेलिस्कोपले पहिलोपटक बृहस्पति ग्रहको तस्बिर खिचेर पृथ्वीमा पठाएको छ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘जेम्स वेब स्पेस टेलिस्कोप’ले बृहस्पतिको आकर्षक तस्बिर खिचेको हो। गत जुलाईमा उक्त टेलिस्कोपले सार्वजनिक भएको तस्बिर खिचेको नासाले जनाएको छ। वैज्ञानिकहरुले सोमबार मात्र उक्त तस्बिर सार्वजनिक गरेका हुन्।
गतवर्षको डिसेम्बर २५ मा उक्त टेलिस्कोप अन्तरिक्षमा पठाइएको थियो। सो टेलिस्कोप अन्यभन्दा ज्यादै शक्तिशाली भएको बताइएको छ। यसले अन्तरिक्षका नयाँ रहस्यहरु पत्ता लगाउने अनुमान गरिएको छ।





