साउन ७ गते नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी सरिता गिरीले आज सो पार्टी छाडेकी छिन् । साउन ७ गते एक कार्यक्रमको बीच नेपाल सद्भावना पार्टीको सदस्यता लिएकी उनले आज फेसबुकमार्फत आफूले सो पार्टी छाडेको र आजदेखि स्वतन्त्र भएको बताएकी छिन् ।
प्रदीप गिरि र आफ्नो परिवारको विशेष सम्बन्ध रहेको बताउँदै गिरीले प्रदीप गिरि आफ्नो पारिवारिक सदस्य मात्र होइन राजनीतिक गुरु समेत रहेको बताइन्। आफूले विशेष संरचना निर्माण गरेर नयाँ ढंगबाट अगाडी बढ्ने बताइन् । तर के संरचना बनाउने त्यसको बारेमा केही बताउन चाहिनन् ।
उनले आफू नेपाल सद्भावना पार्टीमा लागेपछि केही नयाँ गर्ने सोच भएपनि एक महिनामै त्यस्तो अवस्था आउने नदेखेको बताइन् । मधेशका धेरैजसो माग पूरा भइ सकेकाे र नागरिकताको समस्या पनि समाधान हुन लागेको हुनाले अब नयाँ ढंगबाट अगाडी बढ्ने सोचले आफूले नेपाल सद्भावना पार्टी छाडेको उनले बताइन् ।





