काठमाडौं ।
विवेकशिल साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डेले पूर्व अध्यक्ष रविन्द्र मिश्रले बासी मम चाउमिन नै राजेको टिप्पणी गरेका छन्।
पार्टी एकीकरणका बेला मिश्रले यस्ता कुरा ननिकालेको तर पछि राजतन्त्रको वकालत गर्न सुरु गरेको बताएका छन्। पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, रवीन्द्र मिश्रजीलाई आगामी यात्राका निम्ति शुभकामना,
वैकल्पिक राजनीति र विवेकशील साझा अभियानमा पुर्याएको योगदानका निम्ति धन्यवाद। अन्त्यमा बासी मस्म ( चाउमिन नै रोजेकोमा, फिलिंग सरी।
८/९ महिना अघि, कतारका हाम्रा नेता कल्याण थापा सहितको एउटा टोलीले रवीन्द्रजीसँग प्रश्न गर्छन्, ‘तपाईँले किन राजनीति सुरु गर्दा नै यो राजा बोक्ने कुरा भन्नु भएन?’
उत्तरमा रवीन्द्रजीले भन्नुहुन्छ, ‘त्यो बेला यी कुरा गरेको भए, त्यति बेला जोडिएका साथीहरू जोडिँदैन थिए नि त!’
तीनकुनेमा केशवजी, हरिशजी, रवीन्द्रजी र म गफ गर्दै थियौँ। उहाँ हामीलाई ‘विचारभन्दा माथि देश’को बारेमा आफ्ना तर्क दिँदै हुनुहुन्थ्यो। मैले झोक्किएर सोधेँ, तपाईँले एकीकरण गर्दा नै यी एजेन्डाको बारेमा भन्नुपर्दैन?
उहाँले आफ्नै तरिकाले भन्नुभयो- ‘मैले त्यत्रो लेखहरू -मनुज चौधरी वाला) लेखेकै थिएँ त।’
दोस्रो एकीकरणको बेलामा मैले रवीन्द्र मिश्रजीसँग दसौँ पटक यी एजेन्डाको बारेमा सोधेको छु। संवाद समितिलाई भनेको छु। प्रत्येक चोटि रवीन्द्रजीले लुम्बिनीमा उहाँलाई यो एजेन्डा किन पास गर्नुपर्यो भनेर आफ्नो बाध्यता सुनाउनु हुन्थ्यो। नामै लिएर केहि प्रदेश संयोजकको दबाबको कुरा गर्नुहुन्थ्यो। उहाँको पक्षका वार्ता कमिटीका नेताहरूलाई इंकित गरेर तपाईँहरूसँग वार्ता गर्न को कोलाई पठाएको छु र उहाँहरूले के सोच्नुहुन्छ मलाई थाहा छैन र भनेर भन्नुहुन्थ्यो।
पछि यी विषयमा हामीले लिखित सहमति नै गर्यौँ। संविधान मान्ने, सङ्घीयतालाई थप संस्थागत गर्ने र विगतका उपलब्धिको रक्षा गर्ने हामी दुई पक्षले हस्ताक्षर गर्यौँ।
लोकतन्त्रमा देशलाई साक्षी राखेर गरेको यो सम्झौतालाई मैले पनि विश्वास गरेँ।
के लोकतन्त्रमा लिखित सहमतिलाई विश्वास गर्नु हाम्रो गल्ती थियो रु दोष सहमति गर्ने र निभाउनेको हो की, विश्वास र सहमति तोड्नेको
खैर, आजबाट यी कुरा सकिएका छन्।
मिश्रजीसँगको सहकार्यका धेरै घटनाहरू मलाई आम नागरिकलाई भन्नु छ। तर, आज होइन, कुनै दिन यो यात्राको बारेमा किताब लेखेँ भने सबै कुरा लेख्ने छु।
सायद लेख्दिन पनि होला, के काम ती कुराको रु किन कलम र कापी वेस्ट गर्ने रु
तर यो बिचमा, अहिलेका नेता भएन भनेर खुलेका विवेकशील र साझाका नेताहरुमा भने गज्जबको वैचारिक स्पष्टता आएको छ। यो सानो कुरा होइन। म किन राजनीति गर्दै छु भनेर थाहा पाउनु कुनै पनि आन्दोलनको लागी र संस्थाका लागी सानो विषय होइन। यो विगत डेढ वर्षको हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो। हामी सबैलाई बधाई
यो स्पष्टताले हामीलाई लामो दुरीमा धेरै सहयोग गर्ने छ।
केहि युवाहरूले वैकल्पिक राजनीतिको यात्रा सुरु गरे, केहि व्यक्ति आए, सकेको योगदान गरे, अनि हिडे। एकजना यात्री जाँदैमा यात्रा कहाँ रोकिन्छ ररु यात्रा अघि बढ्छ।





