काठमाडौं ।
लुम्बिनीका बिजुली बस आजबाट निःशुल्क सञ्चालनमा आउने भएका छन्। बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारीसाधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो।
पाँचवटा बस विभिन्न रुटमा चलाउने निर्णय भएको छ, त्यसका लागि आवश्यक चालक र सहचालक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिनी होटेल संघ नेपालले एक–एकवटा गाडीको जिम्मेवारी लिने सहमति भएको छ।





