काठमाडौं।

अमेरिकाको एक हाइपरसोनिक क्षेप्यास्त्रसहितको शक्तिशाली युद्धपोत पूर्वी एसियाको समुद्री क्षेत्रमा तैनाथ हुने भएको छ।

पश्चिमी प्रशान्त सागरमा तैनाथ गर्नको लागि अमेरिकाले यूएसएस जुमवाल्ट युद्धपोत पठाएको सीएनएनले जनाएको छ। अमेरिकी नौसेनका अनुसार यो युद्धपोत सबैभन्दा अत्याधुनिक युद्धपोत हो र यसले दुश्मनको क्षेप्यास्त्रलाई खसाउन पनि मद्दत गर्नेछ।

आफूविरुद्ध जाइलाग्नेहरुका लागि यो युद्धपोत टाउको दुखाइको विषय भन्ने अमेरिकी नौसेनाको भनाइ छ। प्रशान्त क्षेत्रमा तैनाथ हुने यस जुमवाल्ट युद्धपोतले अवश्य चीनको ध्यान खिच्नेछ। अमेरिका र चीनको विवादलाई नजिकैबाट नियालिरहेका पूर्व अमेरिकी नौसेनाका क्याप्टेन कार्ल स्कसटरका अनुसार अमेरिकी युद्धपोत तैनाथ हुने भएपछि चीनले यो विषयमा चासो लिनेछ।

दक्षिण चीन सागर, ताइवान स्ट्रेट लगायका क्षेत्रमा अमेरिकी युद्धपोत, सैन्य जहाजहरु दोहोरिँदै पुग्ने गरेका छन्।

सो जल क्षेत्रहरुमा चीनको दाबी छ। चीनले बारम्बार अमेरिकी सेनाहरुलाई सो जलक्षेत्रमा नजान चेतावनी पनि दिँदै आएको छ। त्यसकारण यो विषय चीनको लागि तनावको विषय भएको उनको भनाइ छ।

यस क्रममा यो युद्धपोतमा ध्वनीको गतिभन्दा पाँच गुणा तिव्र क्षेप्यास्त्र जडान हुने भएपछि सो क्षेत्रमा चीनको नजर पहिलेभन्दा झनै बढी हुने निश्चित छ। सीएनएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here