वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक रिपोर्ट अनुसार कुल २६ वटा वाणिज्य बैंकहरु चालु आर्थिक वर्षको तीन महिना (साउन–असोज) मा कुल १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले कमाएको खुद नाफाको तुलनामा ५.९४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले कुल १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

तथ्याङ्क अनुसार २६ वटा बैंकहरु मध्ये १४ वटा बैंकले अघिल्लो वर्षको भन्दा नाफा वृद्धि गरेका छन् भने १२ वटा बैंकको नाफा घटेको छ । यस्तोमा दुई वटा सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंकसहित १२ बैंकको नाफामा ब्रेक लागेको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा १९ प्रतिशतले घट्न पुगेको छ । बैंकले अघिल्लो वर्ष ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस वर्ष ६० करोड ४० लाख ९८ हजार रुपैयाँ मात्र कमाउन सकेको छ ।

यस्तै, कृषि विकास बैंकले अघिल्लो वर्ष ४८ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ कमाएकोमा यस वर्ष ५४.४८ प्रतिशतले नाफा गुमाउँदै २२ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मात्र कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here